Back to All Events

तनहुँबासी डाक्टर, ईन्जिनियर, वकिल, पत्रकारहरुलाई काठमाण्डौंमा प्रयोगात्मक साईबर सुरक्षाको प्रशिक्षण हुने - प्रायोजक अधिबक्ता ध्रुब भट्टराई (क्यानडा)

TKIDS- Nepal ले तनहुँ जिल्ला पैत्रिक थलाे भई काठमाडौंमा विभिन्न पेशा ब्याबसाय गरि बस्ने ब्यक्तिहरुलाइ लक्षित गरि साईबर अपराधबाट बच्न कसरि सचेत हुने एवं कम्प्युटर, ईन्टरनेट, इमेल, मोबाईल, वाईफाई र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने "साईबर अपराध र सुरक्षा तालिम" बिषयमा दक्ष प्रशिक्षकहरुबाट (बढिमा ५० जना सम्मका लागी) एकदिने निशुल्क प्रयोगात्मक तालिम आयोजना गर्न लागि राखेको छ। इच्छुक साथिहरुले ०७३ चैत ३१ गते बिहान सम्ममा नाम दर्ता (माेबाईल ९८५१०३३६०५) गराउन अनुराेध गर्दछु ।

कार्यक्रम :
मिति: २०७४ साल बैशाख ०२ गते शनिबार
समय: बिहान ८ बजेबाट।
स्थान : C W Party Palace कमलादि, काठमाडौ ।
प्रार्थी:
यदुनाथ खनाल
अध्यक्ष, TKIDS- Nepal