विजय गैरेको प्रयासमा पटेर्वा सुगौली-२, गादी पर्सा जिल्लाको ६ वटा नगरपालिका र गाउपालिकाका मेयर,उपमेयर,जिल्ला सुरक्षा निकायका प्रतिनिधिहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

1.jpg

भरतपुर, जनवरी ५,२०१९ - विजय गैरेको प्रयासमा पटेर्वा सुगौली-२, गादी पर्सा जिल्लाको ६ वटा नगरपालिका र गाउपालिकाका मेयर,उपमेयर,जिल्ला सुरक्षा निकायका प्रतिनिधिहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी कार्यक्रम सन्चालित गरियो ।

2.jpg

उक्त कार्यक्रमको सभापति पटेर्वा गाउपालिकाका अध्यक्ष हरिनारायण चौधरी र उपाध्यक्ष ममता महतो प्रमुख अतिथी पर्साका(एसपी) प्रहरी उपरिक्षक रेवती ढ़काल,विशिस्ट अतिथी पर्साका सशस्त्र प्रहरी उपरिक्षक प्रेमदोज साह,र वडा अध्यक्ष विजय गैरे लगायतका प्रतिनिधिहरु कार्यक्रममा उपस्थित थिए ।

3.jpg

फोन्, फेसबुक, ईमेल, वाईफाई, कम्प्युटर ह्याक कसरि हुन्छ र आँफु कसरि सुरक्षित हुने भन्ने बिषयमा साईबर सेक्युरिटी ईन्टरन्यासनलका प्रशिक्षक डा.रामहरि सुबेदीद्वारा करिब ४० जना प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । त्यस्तै गरि साईबर सेक्युरीटी ईन्टरन्यासनलको तर्फबाट मन्जु मगरले नाम, समाचार, फोटो र भिडियो संकलन गर्नुभएको थियो । कार्यक्रम पछि सहभागिहरुले आ-आफ्नो प्रतिक्रिया पनि दिनुभएको थियो। उक्त कार्यक्रम अन्य ठाउँहरुमा पनि पुर्‍याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

4.jpg

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ  । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन  ।

49206795_2211154889134904_8237270038436904960_n.jpg