प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा साइबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

50029829_377415736153613_8187578216009957376_n-800x600.jpg

भरतपुर, चितवन (जनवरी १३,२०१९) - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा प्रोफेसर डा. रामहरि सुवेदीद्वारा साइबर अपराध र सुरक्षा सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले साइवर सुरक्षा अभियान निकै नै महत्वपूर्ण र प्रहरी संगठनका लागि फलदायी भएको चर्चा गर्दै महत्वपूर्ण जानकारीका लागि प्रोफेसर डा. सुवेदीप्रति आभार व्यक्त गर्नुभयो । साइबर सुरक्षामा अन्य निकाय भन्दा नेपाल प्रहरीको दायित्व अझै बढी भएकोले कार्यक्रमका विषयवस्तुबाट बढी भन्दा बढी फाइदा लिई व्यवहारमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

49435953_284320992241577_7523066025638625280_n-800x533.jpg

प्रस्तुतीकरणबाट धेरै कुरा बुझ्ने मौका पाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले साइबर सुरक्षासँग सम्बन्धीत प्रहरी कर्मचारीहरुले उहाँसँग आवश्यक समन्वय गरी थप कुरा सिक्ने प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो । साइबर सुरक्षासँग सम्बन्धीत बिषयवस्तु अति उपलब्धिमूलक रहेकोले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रोफेसर डा. सुवेदीबाट प्रहरी संगठनले समय पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

49284658_770724556619785_6292460807598899200_n-800x533.jpg

प्रस्तुतीकरण कार्यक्रममा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखा लगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धीत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

49728034_794305800935081_2400239922159026176_n.jpg