सामाजिक संञ्जाल, फोन, वाईफाई, कम्प्युटर ह्याक र सुरक्षाका उपायहरुबारे तनहुँको दमौलीमा ३ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न ।

दमौली, तनहुँ (मे २५, २०१८) - गिरिजा सुबेदीको प्रयासमा तनहुँ जिल्लाको दमौलीमा अबस्थित दमौली कलेज, दमौली उच्च माध्यमिक बिद्यालय र ब्यास दिब्यज्योती बोर्डिङ्ग स्कुलमा ३ दिने साईबर अपराध र सुरक्षा संम्बन्धी कार्यक्रम संञ्चालन गरिएको थियो । फोन्, फेसबुक, ईमेल, वाईफाई, कम्प्युटर ह्याक कसरि हुन्छ र आँफु कसरि सुरक्षित हुने भन्ने बिषयमा साईबर सेक्युरिटी ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्ग र गिरिजा सुबेदीद्वारा करिब ५ सय सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रम पछि सहभागिहरुले आ-आफ्नो प्रतिक्रिया दिएका थिए । 

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ  । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन  ।