फोन, फेसबुक, फ्री-वाईफाई, ईमेल, वेभसाईट ह्याक सम्बन्धी प्रायोजक नागार्जुन नगरपालिका र हरित नेपाल सेवा केन्द्रको प्रयासमा साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा २ दिने प्रशिक्षण सम्पन्न

30739142_443861179392387_8526480710809157632_n.jpg

काठमाण्डौ, अप्रिल २१, २०१८ - फोन, फेसबुक, फ्री-वाईफाई, ईमेल, वेभसाईट ह्याक सम्बन्धी नागार्जुन नगरपालिका काठमाण्डौको आर्थिक सहयोग र हरित नेपाल सेवा केन्द्रको प्रयासमा साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा प्रशिक्षण सम्पन्न भएको छ । करिब २ दिन सम्म चलेको उक्त कार्यक्रममा सीता आधारभूत बालबिकास बिद्यालयका बिद्यार्थीहरु र हरित नेपाल सेवा केन्द्रका महिलाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई औपचारिक रुपमा हरित नेपाल सेवा केन्द्रकी अध्यक्ष डा. निर्मला देबी भट्टले संचालन गर्नु भएको थियो भने अतिथीको रुपमा स्कुलका सह-प्रधानध्यापक, नागार्जुन नगरपालीकाका वडा अध्यक्ष कुमार केसी र प्रमुख अतिथीको रुपमा मेयर मोहन बाहादुर बस्नेतको उपस्थिती रहेको थियो ।

30727475_443861296059042_2673694021674598400_n.jpg

साईबर सेक्युरिटी ईन्टरन्यासनलका रमेश सुबेदीले कार्यक्रमको समायोजन गर्नुका साथै प्रशिक्षक पुजा गुरुङ्गद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी संम्पुर्ण सहभागिहरुलाई प्रयोगातमक प्रशिक्षण प्रस्तुत गरिएको थियो । अहिले बढिरहेको साईबर अपराधलाई न्युनिकरण कसरि गर्ने, फोन, फेसबुक, फ्री-वाईफाई, वेभसाईट, ईमेल ह्याक हुनुबाट प्रयोगकर्ताहरु कसरि बच्ने भन्ने बिषयमा प्रयोगात्मक रुपले कार्यक्रम संञ्चालन गरिएको थियो ।

अन्तमा सहभागिहरुले कार्यक्रमको बारेमा अ-आफ्नो बिचारहरु राखेका थिए । प्रमुख अतिथी मेयर मोहन बाहादुर बस्नेतले पनि कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र उक्त कार्यक्रमलाई नगरब्यापी रुपले लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो ।

30724602_444292932682545_8193312538515996672_n.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।