अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएकी पबित्रा कंडेल बस्नेतको प्रयास र प्रायोजकमा शृङ्गा जनता उच्च माध्यामिक बिद्यालय गुल्मीमा साईबर अपराध र सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

FINAL THIS ONE IS.jpg

गुल्मी, फ्रेब्रुअरी ०४, २०१८ - गुल्मी जिल्ला घर हाल अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएकी पबित्रा कंडेल बस्नेतको प्रयास र प्रायोजकमा श्री शृङ्गा जनता उच्च माध्यामिक बिद्यालयमा  करिब २०० बिद्यार्थीहरुलाई साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने तालिम प्रदान गरियो । बिहानै देखि सुरु गरिएको कार्यक्रम २ चरण गरि दिनभर चलेको थियो । उक्त कार्यक्रममा स्कुलका शिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।

प्रायोजक पबित्रा कंडेल बस्नेतले अमेरिकाको आयोवा राज्यबाट स्कुलका सहभागी बिद्यार्थीहरुलाई पठाउनु भएको भिडियो संदेशबाट कार्यक्रमको सुरुवात गरिएको थियो । सन्देशमा बस्नेतले साईबर अपराधबाट नयाँ पिडीहरु अत्यन्तै प्रभाबित रहेको र यसको न्युनिकरणको लागि आँफैले अध्ययन गरेको बिद्यालयमा सचेतनामुलक कार्यक्रम ल्याएको कुरा जानकारी दिनु भएको थियो । भिडियो सन्देश पछि कार्यक्रमको संयोजक र ब्यबस्थापन गर्नु हुने धतानन्द कंडेलले पबित्रा कंडेलको स्कुल अबस्थाको बारेमा सहभागि बिद्यार्थीहरुलाई प्रकास पार्नु भएको थियो ।

फोन, फेसबुक, कम्प्युटर, ईन्टरनेटबाट हुने अपराधिक कृयाकलाप कसरि घटछ र सुरक्षाका उपायहरुको बारेमा साईबर सेक्युरिटी ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्गले सहभागी बिद्यार्थीहरु र शिक्षकहरुलाई तालिम दिनुभएको थियो । त्यस्तै गरि साईबर सेक्युरीटी ईन्टरन्यासनलको तर्फबाट मन्जु मगरले नाम, समाचार, फोटो र भिडियो संकलन गर्नु भएको थियो । अन्त्यमा सहभागीहरुले कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको र उक्त कार्यक्रम गुल्मी जिल्लाका अन्य ठाउँहरुमा पनि पुर्‍याउनु पर्ने कुरामा जोड दिएका थिए ।

27707548_413161185795720_1043711533_o.jpg

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ  । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन  ।