पार्वती पौडेल र नारायण पौडेलको प्रयासमा भरतपुर वार्ड नं १२ का वडा अध्यक्ष लगायत वडा प्रतिनिधीहरु र महिला प्रतिनिधीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न।

भरतपुर,चितवन (डिसेम्बर २०,२०१८) -पार्वती पौडेल र नारायण पौडेलको प्रयासमा भरतपुर वार्ड नं १२ का वडा अध्यक्ष लगायत वडा प्रतिनिधीहरु र महिला प्रतिनिधीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम संञ्चालन गरिएको थियो। फोन्, फेसबुक, ईमेल, वाईफाई, कम्प्युटर ह्याक कसरि हुन्छ र आँफु कसरि सुरक्षित हुने भन्ने बिषयमा साईबर सेक्युरिटी ईन्टरन्यासनलका प्रशिक्षक रामहरि सुबेदीद्वारा करिब ५० जना सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । त्यस्तै गरि साईबर सेक्युरीटी ईन्टरन्यासनलको तर्फबाट मन्जु मगरले नाम, समाचार, फोटो र भिडियो संकलन गर्नु भएको थियो । कार्यक्रम पछि सहभागिहरुले आ-आफ्नो प्रतिक्रिया पनि दिनुभएको थियो।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

1.jpg
2.jpg
3.jpg
4.jpg
7.jpg
8.jpg
9.jpg
8.jpg