हाल अमेरीकाको भर्जिनिया निवासी NRN अध्यक्ष र पूर्व विद्यार्थी गोविन्द सुवेदी र शुसिला सुबेदीको प्रयास र प्रायोजनमा जनज्योती माध्यमिक विद्यालय तनहुँ भिमादमा साईबर अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न

photo final final.jpg

भिमाद न. पा ६, भिमाद बजारमा अवस्थित जनज्योती माध्यमिक विद्यालयमा पुष २५ गते मंगलबार साइबर अपराध र सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भिमाद स्थाई घर भई विगत लामो समय देखि अमेरीकाको भर्जिनिया निवासी उक्त विद्यालयका पूर्व विद्यार्थी गोविन्द सुवेदीको प्रायोजनमा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण साइवर सेक्युरीटी इन्टरनेशनलका तनहुँ जिल्ला संयोजक एवं प्रशिक्षक गिरिजा सुवेदीले गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयमा कक्षा ११ मा अध्ययनरत करिब ७० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प पराजुली, अभिभावक शिक्षक संघ का अध्यक्ष क्या खडक बहादुर थापा, जनज्योती क्याम्पसका क्याम्पस प्रमुख केशब काफ्ले लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको अन्त्यमा अभिभावक शिक्षक संघका अध्यक्ष थापाले कार्यक्रम समय सापेक्ष र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए । उक्त विद्यालयमा असोज २८ गते कक्षा १२ का विद्र्याहरुलाई लक्षित गरेर कार्यक्रम सम्पन्न भई सकेको थियो । 

26782289_1623311637691265_1054994175_o.jpg


बढ्दो साइवर अपराधलाइ न्युनिकरण गर्न र सुरक्षाको वारेमा जनचेतना जगाउने अभिप्रायले हाल अमेरीका निवासी साइवर सुरक्षा विज्ञ डा. रामहरी सुवेदीको पहलमा देशका विभिन्न स्थानहरुमा यस संस्था संग आवद्य प्रशिक्षकहरुबाट सञ्चालित कार्यक्रमबाट हजारौ व्यक्तिहरु लाभान्वित भइसकेका छन् ।

सहभागी विद्यार्थीहरु

Dipesh Khanal, Sharmila Bhandari, Srikala Sharma, Anjali Rana, Sushila Gairhe, Sushma Gautam, Apsara Gotame, Pratikshya Lamsal, Durga Maya Shrestha, Ruki Pun, Bishnu Maya Shrestha, Balu Maya Kumal, Hira Maya Ale, Rekha Thapa, Devi Kumari Sen, Sujita Shrestha, Sushmita Shrestha, Sobha Gurung, Asmita Shrestha, Devi Rana, Puja Adhikari, Sashi Gairhe, Rita Thapa, Amrit Shrestha, Som Bahadur Thapa, Gyehendra Shrestha, Sushma Shrestha, Kalpana Sunar, Roshani Thapa, Anjali Thapa, Renu Ale, Amrit Pariyar, Narayan Bangshi, Sudip Bhandari, Sargam Shrestha, Susan Dhakal, Sanyas Nepali, Hira Bahadur Kumal, Bikram Pariyar, Bishal Thapa, Yam Bdr. Kumal, Bhakta Bahadur Thapa, Hem Bahadur Gharti, Yam Bdr. Rana, Sujan Thapa, Buddhibal Sunar, Jeeban Thapa, Naman Thapa, Sachin Kumar Shrestha, Sandeep Thapa, Suman Thapa, Upendra Thapa, Ram Kumar Thapa, Shree Bahadur Thapa, Keshar Bdr. Thapa, Bijaya B.K, Milan Adhikari, Basan Kumal, Sangam Thapa, Bhola Maya Thapa, Dan Maya Thapa, Bishnu Maya Thapa, Sushila Nepali