अमेरिकाको म्यारिल्याण्ड राज्यका महाँबाणिज्यदुत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतको प्रयास र प्रायोजकमा गाँउफर्कोदय माविमामा अध्ययनरत विद्यार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धि प्रशिक्षण

prem raja final final.jpg

बिष्णु प्रिया रिजाल, तनहुँ, दमौली सेप्टेम्बर १९, २०१७ - अमेरिकाको म्यारिल्याण्ड राज्यमा बसोवास गर्दै आउनु भएका महाबाणिज्यदुत, बरिष्ठ लोक गायक तथा समाजसेबी प्रेमराजा महतको प्रयास र प्रायोजनमा वहाँले अध्ययन गरेको शुक्लागण्डिकी न.पा वडा नं ८ अवस्थित गाँउफर्कोदय मा.विमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धि प्रयोगात्मक प्रशिक्षण असोज ३ गते मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद लम्साललले कार्यक्रम प्रायोजन गर्नु भएकोमा महावाणिज्यदुत महतलाई हार्दिक धन्यबाद व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको सुरुमा अमेरिकाको म्यारिल्याण्डबाट महावाणिज्यदुत महतले पठाउनु भएको भिडियो सन्देश देखाइएको थिया । कार्यक्रमका संयोजक तथा प्रशिक्षक गिरिजा सुवेदीले र सह–प्रशिक्षक कमल पण्डितले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा साईबर अपराधबाट कसरी बच्ने, फेसबुक, इन्तरनेट, कम्प्युटर लाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने विषयमा केन्द्रित रहको थियो । कार्यक्रमको अन्त्यमा विद्यालयका प्र.अ का साथै उपस्थित विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र आगामी दिनमा पनि यस कार्यक्रमलाई अझै विस्तार गरी विभिन्न ठाँउमा सञ्चालन गर्नु पर्ने बताउनु भएको थियो । 

21845355_10211864415419578_377292409_o.jpg

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।
अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

कार्यक्रमका सहभागीहरु 
१. कृष्णप्रसाद लम्साल
२. रोशन हमाल
३. राजेन्द्र प्रसाद भट्टराई
४. होमनाथ भट्टराई
५. दिपेश भुजेल
६. बवि वि.क
७. सन्जु थापा
८. पवित्रा थापा
९. रत्ना जुग्जाली
१०. अनु पौडेल
११. तेज कुमारी मानन्धर
१२. शुष्मा मरासेनी
१३. समिक्षा पुन
१४. रञ्जिता थापा
१५. विनोद वि.क
१६. रजिना वि.क
१७. शारदा मरासिनी
१८. ज्योति वि.क
१९. सरिता माल
२०. तुलिमाया माल
२१. मिना श्रेष्ठ
२२. विष्णु क्षेत्री
२३. सविना कुमाल
२४. सुनिता नेपाली
२५. निशा वि.क
२६. बेलीमाया कुमाल
२७. रोशन वि.क
२८. निराज गुरुङ
२९. तारा भट्ट
३०. विमला मानन्धर
३१. सरिता नेपाली
३२. चन्दा भुजेल
३३. पुजा भुजेल