अमेरिकाको न्युयोर्क निवासी ब्याबसायी बेद प्रसाद खरेलको प्रयास र प्रायोजकमा चितवन भरतपुरको लक्ष्मी माबी लंकुमा साईबर अपराध र सुरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न

बिष्णु प्रिया रिजाल, चितवन भरतपुर सेप्टेम्बर १३, २०१७ - लक्ष्मी उच्च माबी लकुं, चितवनमा कक्षा ८ देखि १० सम्मका कारिब ३०० बिधार्थीहरुलाई ३ दिने साईबर साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका पुर्वक सम्पन्न भयो ।  हाल अमेरिकाको न्युयोर्क निवासी ब्याबसायी बेद प्रसाद खरेलको प्रयास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासनल द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । प्रायोजक बेद प्रसाद खरेलले  आफ्नो स्कुलको अध्ययन उक्त स्कुलबाट पुरा गर्नु भएको थियो । ३ दिन सम्म र दिनको ५ घण्टा सम्म चलेको उक्त कार्यक्रमको सुरुमा बेद प्रसाद खरेल ज्युले स्कुलका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई अमेरिकाको न्युयोर्कबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो ।

उक्त भिडियो सन्देश पछि उहाँको आमाले बाल्यकालमा एक्लै संघर्ष गरेर पनि छोरा छोरीहरुलाई उच्च शिक्षा हाँसिल गराए र छोराहरु पनि राम जस्तै असल थिए भन्नु भयो । त्यस पछि जिल्ला प्रहरी कार्यलयका प्रमुख दिपक थापाले नेपालमा साईबर अपराध दिन दिनै तिव्र गतिमा बढि रहेको छ यसबाट हामी पनि फस्न सक्छौ र यसबाट बच्नको लागि यो कार्यक्रम सन्चालन गरेको कुरा बताउनु भयो  । त्यस्तै गरि महिला नेतृ मिना खरेलले पनि साईबर अपराधको बिषयमा सामान्य रुपले प्रकास पार्नु भएको थियो । 

बिदेशमा रहेर पनि आफ्नो स्कुल र समाजको लागि खरेलले गर्नुभएको सहयोगको स्कुलका प्रमुख लगायत सहभागि सबैले हृदय देखि प्रशंसा गर्नु भएको थियो । कार्यक्रमबाट बिधार्थीहरुले साईबर अपराध र सुरक्षाका उपाएहरुको बारेमा प्राप्त गरेको उक्त तालिमले भाबि पिंडिहरुमा ठुलो सहयोग मिल्ने कुरा सहभागिहरुले बताउनुको साथै कार्यक्रमबाट बन्चित १० र ११ को बिधार्थीहरुलाई पनि तालिम दिईनुपर्नेमा स्कुलका शिक्षकहरुले अनुरोध गर्नु भएको थियो ।

21584707_201999347005628_1563000575_n.jpg
21622036_201999377005625_1830170026_n.jpg
21622187_201999350338961_854397940_n.jpg
21586312_201999423672287_271202836_n.jpg
21729336_202323136973249_1896986811_n.jpg
21741752_202323053639924_1781944316_n.jpg
21691178_201999330338963_1721554642_n.jpg
21624324_201999387005624_1244174594_n.jpg
21733441_202323133639916_956490581_n.jpg
21741406_202323056973257_282862666_n.jpg
21584938_201999403672289_1230767046_n.jpg

कार्यक्रमकी संयोजक तथा प्रशिक्षक  पुजा गुरुङ्गले ३ दिन सम्म कक्षा ८ देखि १० सम्मका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट नाम संकलनको लागि मुना भट्टको पनि सहभागिता रहेको थियो । उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, सहभागि  बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए । साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।