आँबु खैरेनी गाउँपालीकामा साईबर अपराध र सुरक्षा सम्बन्धी साईबर सेक्युरिटी ईन्टरन्यासनल दारा तालिम प्रदान

 बिष्णु प्रिया रिजाल - साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम गिरिजा सुवेदीको  प्रयासमा आँबु खैरेनी गाउँपालीका प्रमुख, कर्मचारी, जनप्रतिनिधी, सुरक्षा निकाय, क्याम्पस प्रमुख लगायत बिधार्थीहरुलाई साईबर अपराध र शुरक्षाको बिषयमा प्रशिक्षण दिइयो ।  करिब ६० जना सहभागिता रहेको उक्त कार्यक्रममा साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट पुजा गुरुङले कार्यक्रमको समायोजन गर्नु भएको थियो।

भने संस्थाका संस्थापक साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर डा. रामहरि सुवेदी द्वारा जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो । उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, गाउँपालीका प्रमुख, कर्मचारी, जनप्रतिनिधी, सुरक्षा निकाय, क्याम्पस प्रमुख लगायत अन्य सहभागिहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए। 

20792930_10155494673236000_1573845151_n.jpg
20793389_10155494673216000_871207898_n.jpg

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।

डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

सहभागिको नाम
Pushpa D Shrestha
Durga Thapa
Lok Bhadur Gurung
Purna Bhadur Ale
Shikhar Lal Dotel
Sima Ram Gurung
Netra Gurung
Shreya Maski
Sweetriti Malla
Anima Shrestha
Safal Shrestha
Amrit Thapa
Pratik Khatri
Anu Shrestha
Sheema Thapa Magar
Tek Bhadur Thapa
Pankaj Chitaure Magar
Bandhu Raj Regmi
Ramchandra Jashi
Apsara Sunar
Pancha Maya Sunar
Milan Bhujel
Dhan Raj Gurung
Jeevan Kumar Shrestha
Mann Maya Thapa
Maya Dura
Samjhana B.K
Mirsse Magar
Tara Thapa Magar
Minu Magar
Aman Pandit
Amrit Magar
Saraswoti Adhikari
Puspa Poudel