अन्नपुर्ण मावी पार्वतीपुर चितवनमा वेल्जियम निवासी सफल व्यावसायी तेजेन्द्र कडेलको प्रयासमा CSI द्वारा साइवर अपराध र सुरक्षा सम्वन्धी २ दिने प्रयोगात्मक प्रशिक्षण

- साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम बेल्जियम निवासी ब्यावसायी फ्लिम निर्माता तेजेन्द्र कंडेलको प्रयासमा अन्नपुर्ण माबी पार्वतिपुर चितवनमा  बिधार्थीहरुलाई साईबर अपराध र सुरक्षाको बिषयमा प्रशिक्षण दिइयो । कक्षा ११ र १२ गरी  करिब  ११० जना सहभागिता रहेको उक्त कार्यक्रममा साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट पुजा गुरुङले कार्यक्रमको समायोजन गर्नु भएको थियो।भने संस्थाका संस्थापक साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर डा. रामहरि सुवेदी द्वारा जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो । त्यस्तै गरीतेजेन्द्र कंडेलको बाल्यकाल र उहाँले गर्नु भएको योगदानको बारेमा अन्नपुर्णकै शिक्षक कृष्ण गौतमले बताउनु भयो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, सहभागि  बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए। साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

20884917_10155506141981000_1976145768_n.jpg

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।