नारायगढ-मुग्लिन सडकण्डमा अझै पहिरो हटाउन सकिएन

चितवन : नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रवार बिहान गएको पहिरो अझै हटाउन सकिएको छैन । दिनभर पहिरो हटाउन हटाउने काम गरेपनि ईच्छाकामना गाँउपालिका ६ को कालिखोलामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । २४ घण्टा लाग्दा पनि पहिरो हटाउन सकिएको छैन । शुक्रबार बिहान साढे ८ बजे पहिरो गएको हो । त्यसलाई हटाएर सकिन लाग्दा सोही स्थानमा फेरी पहिरो खसेको हो । राति अबेरसम्म पनि पहिरो हटाउन प्रयास गरिएपनि सकिएको छैन । जोखिमका कारण आज बिहानै बाटो अवरुद्ध हुँदा त्यस क्षेत्रबाट जाने सवारी साधन अन्यत्र बाटो हुँदै गएका छन् । पूर्वका लागि हेटौडा र पश्चिमतर्फका सवारी साधन पोखराबाट राजधानी जाने आउने गरेका छन् । ११ बजेपछि मात्रै पहिरो हटाउन सकिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडबाट ढुङ्गा खसिरहेको हुनाले पनि पहिरो टहाउन कठिन भएको छ ।