अमेरिकाको भर्जिनियाका चिकित्सक डा. सिल कुमार दाहालको प्रयास र प्रायोजकमा शान्ती बिद्या गृहमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

बिष्णु प्रिया रिजाल (DCnepal.com) काठमाण्डौं, जुन ३०, २०१७ - साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम डा. सिल कुमार दाहालको प्रयास प्रायोजकमा शान्ती बिद्या गृहका बिधार्थीहरुलाई पनि प्रदान गरियो । अमेरिकाको भर्जिनियाको अस्पतालमा आफ्नो चिकित्सक पेसामा रहनु भएका  डा. सिल कुमार दाहालको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । डा. दाहालले नेपालमा रहंदा शान्ती बिद्या गृहमै आफ्नो स्कुलको अध्ययन पुरा गर्नु भएको थियो ।  

अध्ययनको सिलशिलामा अमेरिकामा आएर डा. दाहालले मेडिकल सम्बन्धी डाक्टरको अध्ययन पुरा गरि हाल भर्जिनियाको एक अस्पतालमा कार्यरत हुनुहुन्छ । छात्र र छात्रा गरि करिब २०० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डा. दाहालले अमेरिकाबाट भिडियो मार्फत सहभागिहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । डा. दाहालको सन्देश पछि स्कुलकी प्रमुखले "फलेको बृक्षको हाँगो नझुकेको काहाँ छ र" भन्दै डा. दाहालको स्कुलको अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट मानिशा रानाभाटले कार्यक्रमको समायोजन गर्नु भएको थियो भने संस्थाका सदस्य साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर कुमार पुडासैनीले २ चरण गरि करिब १० घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिनुका साथै यति अत्याबस्यक कार्यक्रम स्कुलसम्म लैजान प्रयास र प्रायोजक गर्नु हुने डा. सिलकुमार दाहाल प्रति आभार र धन्यवाद प्रकट गरेका थिए ।आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने डा. सिल कुमार दाहाललाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

Participants

Diniya Thakuri
Susmita Pariyar
Susma Tamang
Sabina G.c
Yashuda Thapa
Sony Sherpe
Liza Sodari
Sita malla
parmila Tharu
Shila Basnet
Prem kala Magar
Lalita Magar
Dil maya Tamang
Karishma Shrestha
Bijay Tamang
Nabina Magar
Ranju Humagai
Rekendra Nepali
Sumita lama
Anita Rana Magar
Rojina Shrestha
sangita Rimal
Durga Raut
Supriya Dulal
Sajina Bhujel
Milan Rai
Prabin Gurung
Gaurav Shrestha
Suman Nepali
Bijay Tamang
Kamal k.c
Mitra Rai
Kumari Moktan
Resham Shah
Tulsi Ghimire
Ganga Pariyar
sapana Pariyar
Sabin Thakuri
Suman Roka
Gopal Thapa
Navin yadav
Krishna Khadka
Baburam Kumal
Navaraj Bhandari
Sushil B.K
Dependra Rawal
Susan magar
Sabin shrestha
Sital Sapkota
Babita Singh
Kuldev Singh
Anish K.c
Amit Bhatta
Sagar Rai
Pradip Thakur
Rupa Basnet
--------------------
Rupa Basnet
Rita Gurung
Upana Majhi
Bipana Gurung
Kusum Tamang
Sonu Gurung
Sunita Sahi
Jyoti Lama
Susmita Tharu
Dipa Pariyar
Anjana Thakuri
Ranju Pariyar
Susma Tamang
Anisha Tamang
Gita Rai
Jenisha Rai
Sarmila Khanal
Santosh Lama
Til Gurung
Bishal Thapa
Ajay Nepali
Ashis chettri
sunmina Gurung
Susmita Gurung
Prabin lama
Hari Sherpa
Apsasra Baniya
Sujan Thapa
Roshsn Raut
Bhim Rana
Kusum Tamang
Sunan Shah
Amrit shah
 Sushila khatri
Sandip Rana
 Sanjip Bhattrai
 Sanu Roka
Kriti Thapa
Sisam Dhamala
 Sira Mahat
Raju Pariyr
Roni stha
Kabita Rimal
Nisha Maji
Suju Bogati
Sars Poudel
Manisha stha
 Anju Tamang
Suraj shrewastave
Bashal Bk
Prince Dangol
Shiva Raj Karki
Narayan Bogati
Bishal Kumar Rajak
Manoj khadka
Parbati Poudel
Rita Shrestha
Surya Man Tamang
Bhagati Majhi
Shivani Ranabhat
Ambika Sahi
Sabitra Magar
Laxmi Lopchan
Rejina Gurung
Kopila Gurung
Urmila Sunar
Sapana Pariyar
Karuna Ghale
Sushmita Bhusal
Kabita Baniya
Parbita Khati
Ramila Nepali
Jamuna Bhattari
Ayusha Lama
Alina Nepali
Sushmita Ojha
Sanjib Tharu
Bikash Kumar Raina
Ritik Sharma
Anil Singh Dhami
Suman Khatri
Sujan Tamang
Soraj Ghimire