आमाको हत्यारालाई पक्राउ गर्नु भन्दै ५ बर्षकी छोरीले प्रहरीलाई खुत्रुके दिदै भनिन् – यो भित्रको सबै पैसा लिनुस मेरी आमाको हत्यारालाई जेलमा हाल्नुस

संसारलाई चकित पार्ने र रुवाउने  एउटा अर्को घटना अहिले सामाजिक संजालमा भाइरल भन्दै गएको छ । उक्त घाटना जब सार्बजनिक भएको छ यस संगै प्रहरी प्रशासन माथि पनि प्रस्न उठेको छ । भारतको उत्तरप्रदेश मेरठमा पति र घरपरिवारको यातनाबाट आत्महत्या गरेकी एक महिलाकी ५ वर्षकी छोरी न्यायको लागि प्रहरी अधिकारीकहाँ धाइरहेकी छिन् ।

आफ्ना मावली हजुरबुवा र मामासँग प्रहरीमा पुगेकी सीमाकी छोरी मानवी खुत्रुके हातमा लिएर गएकी थिइन् । उनले आइजी राजकुमारलाई आफ्नो खुत्रुके दिएर आफ्नी आमालाई न्याय दिलाउन अनुरोध गरिन् । ती बालिका आफ्नो खुत्रुके लिएर प्रहरीकहाँ गइन् र भनिन् ‘मेरो खुत्रुके लिनुस् र मेरी मम्मीलाई मर्न बाध्य बनाउनेहरुलाई समात्नुस् । मम्मीलाई न्याय दिनुस् ।’ती बच्चिकी आमा  सीमा कौशिकले परिवार र पतिको यातना सहन नस की केहि केहि दिन अघि आत्महत्या गरेकी थिइन् । आफ्नै परिवारको सधै यातना सहन नसकेपछी  सीमा ४ वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । मृत्यु हुनुभन्दा तीन दिनअघि सीमा आफ्ना पतिको गिरफ्तारीको माग राख्दै प्रहरीकहाँ पुगेकी थिइन् । आत्महत्यापछि उनको पति समेत परिवारका ५ जना विरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन् । आफ्नी आमाको हत्याका आरोपीलाई तुरुन्त गिरफ्तार गरिदिन उनि जब प्रहरीकोमा पुगिन तब सबैले ति बच्चीलाई देखेपछि अचम्मित पनि भए भने कति भाबुक बनेका छन् ।

एक मासुम बच्ची त्यसरी प्रहरीकोमा खुत्रुके लिएर पुगेपछि एउटा प्रश्न खडा के हुन्छ भने प्रहरीको सिस्टम भ्रष्टाचारमा कति सम्म डुबेको हुन्छ भन्ने कुरा ति अबोध बालिकाले पनि बुझिन र नै त्यसरी घुस दिनको लागि खुत्रुके बोकेर पुगिन ।आफ्नी आमाका हत्यारालाइ उनले बाहिर गुम्फिर गरेको देख्दा उनि पक्कै पनि पिडामा छैन भन्ने बुज्न सकिन्छ ।