दुबै हात नभए पनि विमल खुट्टाले लेखेर कक्षा २ मा पुगे

कालिकोट, असार १२ – भनिन्छ, खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा अचम्म लाग्ला तर कुरा सत्य हो । साविकको कोटवाडा–९अमनेपानीका विमल दर्जी ७ वर्षका भए ।

अहिले उनी नरहरीनाथ–१ वडागाउँको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विमलको दुबै हात पाखुरा भन्दा तलको भाग छैन । दुबै हात नभए पनि विमल खुट्टाले लेखेरै कक्षा २ मा पुगेका छन् । उनी ५ वर्षको हुँदा आमाको भीरबाट लडेर ज्यान गयो । आमाको ज्यान गएपछि बुवा सिद्ध दर्जीले साविकको मेहलमुडी गाविसकी एक महिलासँग  विवाह गरे र उनलाई काखी च्यापेरभारत गए । बुबा सिद्धले त साथ पाए  तर विमल वेसहरा बने ।,विमलको लालनपालन गर्ने जिम्मेवारी काका पूर्ण दर्जीको काँधमा आयो । ख वर्गको अपाङ्गता परिचय पत्र भएका विमलले राज्यकातर्फबाट बालपोषण बाहेक अन्य कुनै सुबिधा पाएनन् । सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपाल कालिकोटले जोखिम बालबालिका पहिचान गर्ने क्रममा विमल जोखिममा रहेको पत्ता लाग्यो । संस्थाले विमललाई शैक्षिक सामग्री सहयोग गर्‍यो । विमलका संरक्षकलाई आय आर्जजनका लागि २१ हजार पैसा नगद र विमललाई सुत्न चाहिने कपडा किनेर हस्तान्तरण गरेको थियो । दर्जीको परिवारले उनको सहयोग गर्न विभिन्न संस्थाहरुलाई आग्रह गर्दै आएको छ ।

kuuuuuu.JPG

विमलको पढाइ तथा खाना खर्चको लागि सरकारी तथा गैर सरकारी संस्था र व्यक्तिबाट गरिने सहयोग बैंकमा खाता खोलेर तत्काल खातामा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले बताउनुभयो ।