बेल्जियम निवासी दिनेस भण्डारीको प्रयास र प्रायोजकमा चितवनको रामपुर माबीमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

बिष्णु प्रिया रिजाल (Dcnepal.com) काठमाण्डौं, जुन २३, २०१७ - साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम पश्चिम चितवनको रामपुर माबीका बिधार्थीहरुलाई पनि प्रदान गरियो । नेपालमा चितवन चन्द्रनगर भई हाल बेल्जियममा बस्दै आउनु भएका क्याट बेल्जियमका अध्यक्ष साथै नेपाली जनसंम्पर्क समिती बेल्जियमका महासचिब दिनेस भण्डारीको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।  कामको सिलशिलामा बिगत केहि बर्ष देखि स-परिवार सहित बेल्जियममा बस्दै आउनु भएको छ । बिदेशमा बसेर पनि वाहाँले आफ्नो देश र समाजको लागि सहयोग गर्दै आउनु भएको छ ।

करिब ७० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा दिनेस भण्डारीले बेल्जियमबाट भिडियो मार्फत सहभागि बिधार्थीहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । सन्देश पछि आफ्ना पिताले आफ्नो  बिचार राख्नु भएको थियो। साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट पुजा गुरुङले कार्यक्रमको समायोजन गर्नुका साथै साईबर सुरक्षा संम्बन्धी प्रशिक्षण पनि दिनु भएको थियो । प्रशिक्षण दिनेहरुमा संस्थाका सदस्य मुना भट्ट र पारस पौडेल पनि हुनु हुन्थ्यो। करिब ३ दिनसम्म लगातार दिनको ५ घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम चलेको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी स्कुलका शिक्षकहरुले र बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए । 

आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने दिनेस भण्डारी ज्युलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

कार्यक्रममा सहभागि बिधार्थीहरु
Govinda Bhatta
lok Nath Bhandari
Hari Pandey
Abbolleaish A
Rinjan lama
Mohan Lal Adhakari
Parkash Koirala
Radhika Shrestha
Anish Thakuri
Gourav Pariyar
Bipana Pariyar
Hema Lama
Syjan Pun
Nishan Tamang
Anil Shrestha
Ganesh Jamar Kattel
Lainal Chapagain
Pujan Gurung
Bipana Gurung
Ram Chandro Kumar
Roshan Gurung
Binad Nepali
Bipan Gurung
Bibesh Nepali
Suman Deula
Dukhuan Mukhira
Mahesh Pariyar
Amar sing Kamal
Sonu Nepali
Salina Gurung
Salma Khatun
Moni Pariyar
Neha paraguli
Pratima B.K
Sabina Pariyar
Susma Tamang
Sushila Sunar
Isha Tamang
Anish Dorai
Basanti Gurung
Sushma Lama
Rajan Gurung
Karan Lama
Nabin Gurung
Sony Nepali
Pema Lama
Sandipa dhakal
Susms gurung
Sarmila B.K
Smriti Chapagai
Subash rana Magar
Shiva Adhakari
Pooja nepali
purnima Thapa
Sakshi Dorai
Laxmi Gurung
Shiva Shrestha
Punam nepali
Salina Tamang
Dipika Khadgi
Nabin Tamang
Manoj Gurung
Dipesh Tamang