अमेरिकाको भर्जिनियाकी कानुनी अधिवक्ता बन्दिता सर्मा दाहालको प्रयास र प्रायोजकमा नेपाल ल क्याम्पसमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम

बिष्णु प्रिया रिजाल (DCnepal.com) काठमाण्डौं, जुन १६, २०१७ - साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम नेपाल-ल-क्याम्पसका बिधार्थीहरुलाई पनि प्रदान गरियो । अमेरिकाको भर्जिनियामा ईमिग्रेसन सम्बन्धी वकालत गर्नुहुने अधिवक्ता बन्दिता सर्मा दाहालको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अधिवक्ता दाहालले नेपालमा रहंदा नेपाल-ल-क्याम्पसमै अध्ययन गर्नु भएको थियो । 

अध्ययनको सिलशिलामा अमेरिकामा आएर वकालत सम्बन्धि स्नाकोत्तर तह पुरा गरि अहिले ईमिग्रेसन सम्बन्धी आफ्नो ब्यावसाय संचालन गर्नु भएको छ । अमेरिकामा बस्ने नेपाली र नेपालमा बस्ने नेपालीहरु वाहाँको सेवाबाट लाभान्वित भएका छन । 

छात्र र छात्रा गरि करिब ७० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा दाहालकी पिता र माताको उपस्थिती हुनुका साथै दाहालले अमेरिकाबाट भिडियो मार्फत आफ्नो सहभागिहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । दाहालको सन्देश पछि वाहाँकी पिता माताले आफ्नी छोरीको बाल्यकालको बारेमा बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट मानिशा रानाभाटले कार्यक्रमको समायोजन गर्नु भएको थियो भने संस्थाका सदस्य साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर कुमार पुडासैनीले करिब ४ घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए ।
आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने अधिवक्ता बन्दिता सर्मा दाहाल ज्युलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।

कार्यक्रममा सहभागि बिधार्थीहरु
----------------
Kaveri Poudel
Asmita Dangi
Aarya poudel
Adwait Baral
Aastha Rajlawat
Kamal Baral
Suraj Nepal
Ojaswee Bhattarai
Supriya karaki
Dipti Sapkota
ManoBigyan sharma Pokharel
Bigyan singh Bista
Sulav Parajuli
Smritee Rekha Khanal
Amit Meche
Merina Dudhraj
Soni Silwal
Prerana Bista
Dikshya Khadgi
Sapana Danai
Shova Bhujel
Jeni Kandel
Anuja Dutta
Samir Hayu
Mohana Rajak
Manisha Malla
Prakriti Budha Magar
Indu Pandey
Ganga Lamsal
Asmita Shrestha
Deepisha khadka
Manusmiriti Baral
Biraj Thapa
Rabin Kr Rajak
Ghanshyam Kr Mahato
Roshan Awasthi
Jharana Rijal
Samikshya Bhandari
Mamata Shrestha
Manioj Shing
Sujita Chaudhary
Suprima Dhungel