अमेरिका नर्थ क्यारोलिनाको र्यालेमा नेपाली समुदायको लागि साईबर अपराधबाट बच्ने उपायको बारेमा जनचेतनामुलक प्रयोगात्मक तालिम

वाशिङ्गटन डिसी, जुन १६, २०१७ - साईबर सेक्युरिटी ईन्टरन्यासनलले बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम अमेरिका नर्थ क्यारोलिना राज्यको र्यालेमा बिनोद भट्टको प्रयासमा, नेपाली ब्याबसायि रबिन कार्कीको निवासमा सम्पन्न भयो । कार्यक्रममा करिब ५० जना स्थानिय नेपालीहरुको सहभागिता रहेको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट प्रोफेसर डा. रामहरि सुबेदीले करिब ५ घण्टा लामो प्रयोगात्मक तालिम दिनु भएको थियो ।

त्यस्तै साईबर सेक्युरिटी ईन्टरन्यासलका प्रतिनिधी बाबु सुबेदीले अहिले सम्म भएका कार्यक्रमहरुको बारेमा सहभागिहरुलाई जानकारि दिनु भएको थियो । कार्यक्रम आयोजक बिनोद भट्टले स्वागत गर्नुका साथै कार्यक्रम गर्नुको उदेश्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

डा. सुबेदी द्वारा अहिलेको अत्याधुनिक समयमा आँफुसंग भएको फोन, सामाजिक संञ्जाल, कम्प्युटर, वाईफाई, ईन्टरनेटलाई कसरि सुरक्षित भएर प्रयोग गर्न सकिन्छ भन्ने बिसयमा करिब ४ घण्टा लामो प्रयोगात्मक प्रशिक्षण सहभागिहरुलाई दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागिहरुले अत्यन्तै लाभदायिक रहेको र यसलाई अझै बिस्तार गर्नुपर्ने बिचारहरु दिनु भएको थियो। उक्त बिचारहरु भिडियोमा पनि प्रकासित गरिएको छ ।