हाल पोर्चुगल निवासी लक्ष्मण चापागाईको प्रयासमा आँफुले अध्ययन गरेको चितवनको शुक्रनगर स्कुलमा साईबर अपराध र नियन्त्रण सम्बन्धि बिधार्थीहरुलाई ३ दिने प्रशिक्षणको आज दोस्रो दिनको प्रशिक्षण

मुना सापकोटा (चितवन, मे ३०, २०१७) - चितवनको लेबरनगर गाबिसमा जन्मनु भएका र हाल पोर्चुगल निबासी समाजसेवी लक्ष्मण चापागाईंको प्रयास र प्रायोजकमा चितवनको शुक्रनगर स्थित शुक्रनगर माबिका शिक्षक तथा बिधार्थीहरुलाई कसरी साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा कार्यक्रमको आज दोस्रो दिन पनि करिब ७५ जना बिधार्थीहरुको बिचबाट कार्यक्रमको सुरुवात भो ।

५ घण्टा सम्म चलेको यो कार्यक्रम विद्यायलयका बिधार्थीहरुलाई साईबर प्रशिक्षकहरु पुजा गुरुङ्ग, मुन सापकोटा र पारस पौडेलद्वारा द्वारा प्रयोगात्मक तालिम दिईएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक लक्ष्मण चापागाईंको भाउजु रिता चापागाईंले उहाँको बाल्यकालीन अवस्थाको बारेमा  बिधार्थीहरुलाई जानकारी दिनुको साथै  प्रायोजक लक्ष्मण चापागाईंको पोर्चुकलबाट पठाउनु भएको सन्देश भिडियो बाट सुरु गरिएको थियो । चापागाईं यहि स्कुलमा पढनु भएको थियो ।

फेसबुक, कम्प्युटर, ईन्टरनेट, फोन र वाईफाईलाई सुरक्षित तरिकाले कसरि चलाउने र साईबर अपराधबाट हुने घटनाबाट आँफु कसरि बच्ने भन्ने बिषयमा केन्द्रित रहेको कार्यक्रम अब १ दिन अझै चल्ने  छ ।

सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक लक्ष्मण चापागाईंको स्कुल अबस्थाको बारेमा उहाँको भाउजु रिता चापागाईंले बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो । आँफुले अध्ययन गरेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने लक्ष्मण चापागाईंलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।


साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई  नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ ।