हाल अष्ट्रेलिया निवासी राजेश्वर घिमिरेको प्रयास र प्रायोजकमा जनप्रभात माबि कालिमाटी काठमाण्डौंका बिधार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धी तालिम

काठमाण्डौ, अप्रिल ३०, २०१७ - हाल अष्ट्रेलिया निबासी नर्सिङ पेसामा कार्यरत तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने राजेश्वर घिमिरेको प्रयास र प्रायोजकमा जनप्रभात उच्च माध्यामिक बिधालयमा १० कक्षामा अध्ययनरत बिधार्थीहरुलाई लक्षित गरि साईबर अपराधबाट बच्न कसरि सचेत हुने एवं कम्प्युटर, ईन्टरनेट, इमेल, मोबाईल, वाईफाई र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने "साईबर अपराध र सुरक्षा तालिम" बिषयमा दक्ष प्रशिक्षकहरुबाट एकदिने प्रयोगात्मक  तालिम प्रदान गरियो ।

कार्यक्रमको सुरुवातमा प्रायोजकको बारेमा घिमिरेका पिता सालिकराम उपाध्यायले बोल्नु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट फ्रोफेसर कुमार पुडासैनीले सहभागिहरुलाई करिब ३ घण्टा लामो प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने संयोजक  मनिशा रानाभाटद्वारा  कार्यक्रमको आयोजना गर्नु भएको थियो कार्यक्रमको अन्तमा सहभागि बिधार्थीहरुले आफ्नो जिज्ञासा राखेका थिए र सबै सहभागि बिधार्थीहरुलाई साईबर सेक्युरिटीको प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

यो कार्यक्रमको मुख्य उदेश्यमा अष्ट्रेलिया निवासी यस कार्यक्रमका प्रायोजक राजेश्वर घिमिरेको तेश्रो कृति उपन्यास "गौतम बुद्दको सहर" को बितरण पनि गरिएको थियो।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ ।

Participants
Muna majhi
Samjhana Tamang
Asni Gurung
Mamata Tamang
Swostika Gautam
Karisma Basnet
Anshu Nepali
Sunita Gurung
Binita Adhikari
Nirmala Layo magar
Hem Kumari Nagarkoti
Dhauli Dhant
Babita Balami
Barsha Shrestha
Asmi Lama
susmita bk
Depika Tamang
Lasang Lama
Punam Adhikari
Jina Gurung
Radhika Kc
Asmita Thing
Asmita Shrestha
Renu Bhujel
Sabita RanaMagar
Goma Thapa
Anuj Jaiswal
Susma Bk
Laxmi Purbachanne Magar
Rima Shrestha
Alisha Lama
Puja Poudel
Shruti Ghamal
Sujan Thapa
Roshan Pakurael
Krishna Shah
Pujan Tamang
Sanjay Tamang
Sohail Dong
Mukesh Rijal
Susil Magar
Bibek Kandel
Bibekshhil Thanguna
Tabrui Aalam
Babin Subedi
Milan Shing Thanguna
Sagar Magar
Pradip Balami
Bishal Rimal
Raju Mijar
Purushottam Payakurael
Nishan Tamang
Pradeep Dhimal
Krishna Shah
Ram Shrestha
Sumitra Rijal