हाल टोरोन्टो क्यानडा निवासी अधिबक्ता ध्रुब भट्टराईको सहयोगमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको द्वारा तनहुँका वकिल, पत्रकार, ईन्जिनियरहरुलाई राजधानीमा साईबर सुरक्षाको तालिम प्रदान ।

बिष्णु प्रिया रिजाल (काठमाण्डौ, अप्रिल १५, २०१७) - हाल टोरन्टो क्यानडा निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत अधिबक्ता ध्रुब भट्टराईको प्रयास र प्रायोजकमा ट्किड्स् (TKIDS) - नेपाल ले तनहुँ जिल्ला पैत्रिक थलो भई काठमाडौंमा विभिन्न पेशा ब्याबसाय गरि बस्ने ब्यक्तिहरु र तनहुँबासी डाक्टर, ईन्जिनियर, वकिल, पत्रकारहरुलाई लक्षित गरि साईबर अपराधबाट बच्न कसरि सचेत हुने एवं कम्प्युटर, ईन्टरनेट, इमेल, मोबाईल, वाईफाई र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने "साईबर अपराध र सुरक्षा तालिम" बिषयमा दक्ष प्रशिक्षकहरुबाट एकदिने प्रयोगात्मक  तालिम आज सम्पन्न भयो । 

कार्यक्रमलाई संयोजन गर्नको लागि अधिबक्ता प्रोफेसर यदुनाथ खनाल ज्युको सकृय सहभागिता रहेको थियो । नेपाल टेलिकमका प्रमुख आनन्दराज खनालको प्रमुख आतिथ्थेतोमा सम्पन्न सो कार्यक्रममा करिब ७० , ८० जना सहभागि थिए  । सुरुवातमा बिभिन्न अतिथीहरुले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक ध्रुब भट्टराईको बारेमा अधिबक्ता यदुनाथ खनालले प्रकास पार्नु भएको थियो । संस्थामा आबद्द सदस्यहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने अधिबक्ता ध्रुब भट्टराईलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट फ्रोफेसर कुमार पुडासैनीले सहभागिहरुलाई करिब ६ घण्टा लामो प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने संयोजक मनिशा रानाभाट र समिर अर्यालद्वार कार्यक्रमलाई सुरुदेखि अन्तसम्म कार्यक्रम सफल बनाउनको लागि सकृय भएर लाग्नु भएको थियो । कार्यक्रमको अन्तमा सहभागिहरुले आफ्नो जिज्ञासा राखेका थिए र सबै सहभागिहरुलाई साईबर सेक्युरिटीको प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

 

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ ।

कार्यक्रममा सहभागिहरुको नामावली

Yadu Nath Khanal
Sundar Bimali
Uma Silwal
Dr.shesh Raman Neupane
Bikram Pariyar
Binod Prasad Neupane
Udhya Nath Khanal
Rajendra Dhakal
Narayan prasad Paudel
Rishi RamParajuli
Tika Raj Kaini
Sudip Pandit
Dhruva K. Piya
Shree Prasad Pandit
Durga Prasad Shrestha
damar kumar Batas
Sarbagya Raj Paudel
Shyam Hari Adhikari
Yuba Raj Neupane
Ram Chandra Pandey
Krishna K.C
Himal Ojha
Yadu Nath Khanal
Kamal Khanal
Sabhyata Neupane
Shubha Bimali
Chandrawati Neupane
Samjhana Pokharel
Nanu Maya Devkota
Sarita Thapa
Ishwari Laudari
Ashim Batas
Jagat Timilshina
Raju Malla
Chandrakanta Paudel
Saahwot Koirala
Dipendra Adhikari
Surendra Prasad Adhikari
Srijana Sharma
Bed Nath Adhikari
Raju Raj Adhikari
Prabinta Raj Joshi
Shuva Nath Khanal
Manisha Basnet
Niraj  Bhandari
Bishal Paudel