अमेरिकाको भर्जिनिया निबासी राम न्यौपानेको प्रयासमा सिम्पानी उच्च माध्यमिक विद्यायलयका बिधार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

Loading...

हाल अमेरिकाको भर्जिनीया निबासी एक सफल व्यसायी तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने नेपाली सपुत राम न्यौपानेको प्रयास प्रायोजकमा खोटाङ् जिल्ला स्थित सिम्पानी उच्च माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई कसरी साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा सम्पन्न भयो

करिब १५  घण्टा सम्म चलेको तालिम कक्षा देखि १२ सम्मका बिधार्थीहरुलाई दिईएको थियो साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका संयोजक निरज अधिकारी प्रयोगात्मकद्वारा तालिम सहभागि विद्यार्थीहरुलाई दिईएको थियो कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक विद्यार्थीहरुबाट प्राप्त भएको थियो कार्यक्रमको सुरुवातमा प्रायोजक राम न्यौपानेले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो सह-प्रधानध्यापकले कार्यक्रमलाई स्वागत गर्नुका साथै प्रायोजक राम न्यौपानेको स्कुल अबस्थाको बारेमा बिधार्थीहरुलाई सुनाउनु भएको थियो आँफु पढेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने राम न्यौपानेलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ

 

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका नेपालद्वार बिगत बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन दिन चाहानुहुन्छ भने cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ