हाल अमेरीकाको भर्जिनीया निबासी नर्स मन्जु संग्रौलाद्वारा झापा जिल्ला गौरादह स्थित स्कुलचौन माध्यमिक विद्यायलयमा साईबर सुरक्षा सम्बन्धी तालिम

बिष्णु प्रिया रिजाल (डिसीनेपाल डटकम), फेब्रुअरी १८, २०१७ - हाल अमेरीकाको भर्जिनीया निबासी Society of American Nepalese Nurses (SANN) को Founding Presidentतथा समाज सेवा अनी आफ्नो मात्रीभुमी प्रती सदैब सहयोगी हात बढाउने जुझारु महिला अमेरिकाको अस्पतालमा कार्यरत नर्स मन्जु कार्की सँग्रौलाको प्रयास र प्रायोजकमा झापा जिल्ला गौरादह स्थित स्कुलचौन माध्यमिक विद्यायलयमा शिक्षक तथा बिधार्थीहरुलाई कसरि साईबर अपराधबाट बच्न सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक तालिम सम्पन्न भयो ।

साईबर सेक्युरिटी ईन्टरन्यासल अमेरिकाद्वारा फेसबुक, ईन्टरनेट, कम्युटर, फोनलाई कसरि सुरक्षितसंग प्रयोग गर्ने र साईबर अपराधबाट कसरि बच्ने भन्ने बिषयमा संञ्चालन गरिको उक्त जनचेतनामुलक कार्यक्रम विद्यायलयमा अध्ययनरत बिधार्थीहरु बिच ४ घण्टे लामो प्रायोगात्मक तालिम सम्पन्न भयो । दिनभर चलेको उक्त तालिम कक्षा ११,१२ र १० सम्मका बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक तथा साईबर सेक्युरिटी इन्टरनेसनलका पुर्वान्चल डाइरेक्टर निरज अधिकारी र सुस्मा ढकालद्वारा उक्त प्रयोगात्मक तालिम सहभागि विद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो ।

कार्यक्रमको सुरुवातमा प्रायोजक मन्जु कार्की सँग्रौलाले विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । आँफु पढेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने Society of American Nepalese Nurses (SANN) को Founding President मन्जु कार्की सँग्रौलालाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ। अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।

डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ। यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने 703-298-6151 or cyberheadline@hotmail.com मा संपर्क गर्न सक्नु हुनेछ ।