अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएका ब्याबसायी रघुनाथ आचार्य र गायत्री आचार्यको प्रयास र प्रायोजकमा सनराईज बोर्डिङ्ग स्कुल भरतपुर चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिमको सुरुवात ।

वशिङ्गटन डिसी, डिसेम्बर १७, २०१७ - अमेरिकाको आयोवा राज्यमा बसोबास गर्दै आउनु भएका ब्याबसायी रघुनाथ आचार्य र गायत्री आचार्यको प्रयास र प्रायोजकमा सनराईज बोर्डिङ्ग स्कुल भरतपुर चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिमको सुरुवात गरियो । ८ कक्षा देखि ११ कक्षा सम्मका बिद्यार्थीहरुलाई लक्षित गरि संञ्चालन गरिएको कार्यक्रमको पहिलो दिन कक्षा ११ मा अध्ययनरत २ सय बिधार्थीहरु सहभागि भएका थिए । चितवनको बच्छेउली घर भई हाल अमेरिकाको अयोवा राज्यमा आफ्नो पेशा ब्याबसाय गरेर बस्नु भएका रघुनाथ आचार्य अमेरिका जानु अघि सनराईज स्कुलमा अध्यापन गराउनुका साथै स्कुलको स्थापनाकाल देखि नै सकृय हुनुहुन्थ्यो ।

25497074_233409757197920_632911079_n.jpg

गत नोभेम्बरमा अमेरिकाको अयोवा राज्यमा पनि प्रस्तुत गरिएको साईबर अपराध र सुरक्षाको कार्यक्रमबाट प्रभाबित भई आचार्यले आफ्नै प्रायास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासलद्वारा ८ देखि ११ सम्मका बिद्यार्थीहरुलाई कार्यक्रबाट प्रतक्ष्य लाभ पुगोस भन्ने उदेश्यको लगि कार्यक्रम संञ्चालन गर्न आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

25437481_233409780531251_1743819474_n.jpg

कार्यक्रमको पहिलो दिनमा बिद्यार्थीहरु र शिक्षकहरु गरि करिब २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा रघुनाथ आचार्यले अमेरिकाको अयोवा राज्यबाट बिद्यार्थीहरुलाई पठाउनु भएको शुभकामना संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा आचार्यले अहिले इन्टरनेट, फोन, सामाजिक संञ्जालबाट नयाँ पिंडीहरु जानी नजानी प्रयोग गरेको कारण नकरात्मक प्रभाब पर्नुका साथै त्यसको सिकार भएको र तालिम पछि सहभागि बिद्यार्थीहरु प्रभाबित हुने कुरा बताउनु भएको थियो । सन्देशको भिडियो पछि स्कुलको तर्फबाट शिक्षक भुवन बन्दु अधिकारीले रघुनाथ आचार्यको बारेमा सहभागी बिद्यार्थीहरुलाई जानकारी दिनु भएको थियो ।

25497168_393131491132023_1890524461_n.jpg

साईबर सेक्युरिटी ईन्टन्यासनलको तर्फबाट संस्थापक साईबर सेक्युरिटी बिज्ञ प्रोफेसर डा. रामहरि सुबेदी र साईबर सुरक्षा प्रशिक्षक पुजा गुरुङ्गले साईबर अपराध कसरी घटछ र रोकथामका बिषयहरुमा प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो । अन्तमा सहभागि बिद्यार्थीहरु र शिक्षकहरुले कार्यक्रमको बिषयमा आ-आफ्नो धारणा राखेका थिए ।

सन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । नेपालमा मात्र नभै क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ ।

Participants

Rajib Chalise
Kul Chandra Sharma
Ramjee Bhattarai
Kashi Ram Acharya
Rajesh Adhikari
Rajaram Pathak
Adhip Dawadi
Pradip Chhetri
Suraj Regmi
Ayush Tiwari
Bhuwan Bhandu Adhikari
Esha Karki
Garima Rai
Aanchal Subedi
Isha Kunwar
Nisha Bhattarai
Sejal Panta
Barsha Bhandari
Tamana Bhattarai
Aarati Pradhan
Samikshya Subedi
Smriti Lamichhane
Suma Kharel
Manju K.C
Priyanka Paudel
Puja Lamichhane
Anusha Pokhrel
Grishma Kandel
Roshi Subedi
Sandhya Sapkota
Samiskhya Lamichhane
Ankita Pageni
Susmita Chhetri
Swastika Chhetri
Swastika Kandel
Reshma Ghale
Lagika Pokhrel
Kamana Bhattarai
Surakshya Ranabhat
Apsara Kandel
Diya Adhikari
Prasamsha Acharya
Roshani Khatri
Mandira Gurung
Alisha Gurung
Asmi Kandel
Sristi Ghimire
Sadikshya Sapkota
Sadikshya Khanal
Pargya Shrestha
Mandhu Kunwar
Ramisha Chhetri
Munam Shrestha
Shreyashi Silwal
Aastha Acharya
Bhumika Karki
Shubhechha Poudel
Susmita Rijal
Ayusha Shah
Dikshya Gajmer
Khusbu Budhathoki
Dikshya Shah
Smriti Wagle
Isha Neupane
Dikshya Thapa Magar
Deepa Sharma
Sapana Lamichhane
Jasman Adhikari
Sujata Dhakal
Asmita Aryal
Ritika Sharma
Manisha Thapa
Kanchan Khanal
Shirishma Poudel
Rojina  Tiwari
Roji Chhetri
Siwani Kunwar
Rama Gaire
Sanjeta Regmi
Neha Sharma
Binita Puri
Rina Regmi
Pratikshya Poudel
Suraxya Mishra
Ramesh K.C
Sagar Tamang
Mandip Magar
Aman Chhetri
Saugat Thapa
Laxman Bhujel
Rupak Ghimire
Aayush Subedi
Sandesh Subedi
Arjun Sapkota
Janak Kandel
Sandip Gautam
Rabindra Thapa
Bipin Tamang
Binaya Poudel
Bikal Tharu
Pradip Adhikari
Sushan Sapkota
Debish Tamang
Bikesh Gurung
Samip Ghimire
Pranisha Chaudhary
Shirish Dhakal
Rajesh Bakhrel
Sujan Bhandari
Bishal Rana
Aaush Kandel
Nikesh Shrestha
Aashwin Poudel
Ishwor Sapkota
Rohan Bagale
Sameer Subedi
Rahul Tiwari
Aman Piya
utsav Adhikari
Subhangam Adhikari
Parsant Bhandari
Rabindra Bhujel
Bidhan Koirala
Abhisek Dakhal
Saugat Paudel
Sharmik Jung Thapa
Pawan Shrestha
Samip Adhikari
Milan Upadhya
Anil Kafle
Surya Sharna
Sabin Chhetri
Dhairan Sapkota
Mandip Magar
Suzan Chapagain
Anoop Kafle
Tirtha Raj Subedi
Ajay Subedi
Prasant Chapagain
Sushant Subedi
Biraj Sapkota
Saroj Subedi
Karan Gurung
Nabin Parajuli
 

25519770_233409467197949_1633465228_n.jpg

यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुन हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।