अमेरिकाको Wisconsin निवासी NRN Wisconsin Chapter अध्यक्ष बुद्दि सुबेदी र उपाध्यक्ष बिष्णु अधिकारीको प्रयासमा चितवनको माडी क्षेत्रका सोमेश्वर र खैरेनी माबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

बिष्णु प्रिया रिजाल, माडी चितवन, अक्टोबर २९, २०१७ - चितवनको माडीमा अबस्थित सोमेश्वर र खैरेनी गरि दुई उच्चमाबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका साथ सम्पन्न भयो । हाल अमेरिकाको व्हिसकन्सिन राज्यमा बसोबास गर्दै आउनु भएका सफल ब्याबसायी, एनआरएन व्हिसकन्सिन च्याप्टरका अध्यक्ष बुद्दि सुबेदी र बिष्णु अधिकारीको प्रयास र प्रायोजकमा आँफुले अध्ययन गरेको स्कुल सोमेश्वर उच्च माबी र दोश्रो स्कुल खैरेनी माध्यामिक गरि २०० बिधार्थीहरु, शिक्षकहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक प्रशिक्षण संञ्चालन गरिएको थियो ।

नेपाल गएको मौका पारि उक्त कार्यक्रमको आयोजना गर्नुका साथै सुबेदीलाई प्रमुख आतिथ्यको रुपमा कार्यक्रममा स्वागत गरिएको थियो । कार्यक्रमको सुरुवात साईबर सेक्युरिटी ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्गले बुद्दि सुबेदी र बिष्णु अधिकारीले अमेरिकाबाट पठाउनु भएको भिडियो सन्देश सहभागि बिधार्थीहरुलाई देखाउनु भएको थियो । सन्देश पछि स्थानियले बुद्दि सुबेदी र बिष्णु अधिकारीको बाल्यकालको बारेमा बिधार्थीहरुलाई जानकारि गराएका थिए । कार्यक्रमको प्रायोजक बुद्दि सुबेदी र बिष्णु अधिकारीले साईबर अपराध र सुरक्षाको बारेमा आफ्नो स्कुल, क्याम्पस, अन्य बिभिन्न निकायहरुलाई जानकारि गराउनु पर्ने र यस कार्यक्रमलाई सबैले बिस्तार र आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने कुरा बताउनु भएको थियो ।

someshwor final.jpg

सोमेश्वर उच्च माबिमा पहिलो चरण बिहान १० देखि १ बजे सम्म र खैरेनी माबीमा २ बजे देखि ५ बजे सम्म राखिएको थियो । सोमेश्वर उच्च माबीको कार्यक्रममा ब्यबस्थापन समितीका अध्यक्ष नारायण प्रसाद दवाडी अतिथी हुनुहुन्थ्यो भने शिक्षक युवराज लामिछानेले कार्यक्रमको संञ्चालन गर्नु भएको थियो । त्यस्तै गरि खैरेनी माध्यमिक बिधालयमा ब्यबस्थापन समितीका अध्यक्षलाई अतिथीको रुपमा आमन्त्रित गरिएको थियो ।

buddi subedi final.jpg

कार्यक्रमकी संयोजक तथा प्रशिक्षक पुजा गुरुङ्गले सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट मुना भट्टले सहभागिहरुको नाम र समाचार संकलन गर्नु भएको थियो । बुद्दि सुबेदीले अमेरिकाबाटै आँफु पढेको स्कुल, क्याम्पस र माडी क्षेत्रको लागि भनेर प्रयास र प्रायोजक गरि लगेको उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, सहभागि बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए । त्यस्तै गरि सहभागि शिक्षकहरुले यो कार्यक्रमबाट कुनै पनि बिधार्थी बन्चित नहुनु पर्ने र अझै थप कार्यक्रम गरिनु पर्ने कुरामा प्रायोजक बुद्दि सुबेदी र साईबर सेक्युरिटी ईन्टरन्यासनललाई अनुरोध गरेका थिए ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।