अमेरिकाको बाल्टिमोर निवासी रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल टुरीजम वोर्ड पोखराको सभा कक्षमा साईबर अपराध र रोकथामका उपायहरुको बारेमा १ दिने प्रशिक्षण सम्पन्न

22405976_1484140588343400_1415116698415408218_n.jpg

बिष्णु प्रिया रिजाल, पोखरा अक्टोबर २०, २०१७ - जन्मस्थान कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका र हाल अमेरीकाको वाल्टिमोरमा विगत लामो समयदेखी वसोवास गर्दै आउनु भएका समाजसेवी रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल टुरीजम वोर्डको सभा कक्षमा असोज २८ गते शनिवार साईबर अपराध र रोकथामका उपायहरुको बारेमा १ दिने प्रशिक्षण सम्पन्न भएको छ । पोखरामा रहेका ८ वटा रोट्र्याक्ट क्लबका सदस्यहरु उक्त कार्यक्रममा उपस्थित उपस्थित भएका थिए  । रोट्र्याक्ट क्लव अफ पोखराका अध्यक्षा सुदिप गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वाल्टिमोर निवासी अधिकारीले यस कार्यक्रम प्रायोजन गर्नको उद्येश्य प्रकास पार्नु भएको थियो । कार्यक्रममा इन्टरनेटको प्रयोगलाई कसरी सुरक्षित बनाउने सम्बन्धमा प्रशिक्षकद्वय गिरीजा सुवेदी र कमल पण्डितले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अन्त्यमा सुचित्रा चिन्दाल र संकल्प ढकालले कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र यस्तो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा विस्तार गर्दै लानु पर्ने सुझाव दिएका थिए भने अधिकारीले यस कार्यक्रमलाई कास्कि जिल्लाका अन्य विद्यालय , संघ संस्थामा सञ्चालन गर्नका लागि अफुले विशेष भुमिका खेल्ने भानाई राख्नु भएको थियो ।

22448261_1484140585010067_9039497732233189447_n.jpg

बढ्दो साइवर अपराधलाई केही हद सम्म न्युनिकरण गर्न र सुरक्षाको वारेमा जनचेतना जगाउने अभिप्रायले हाल अमेरीका निवासी साइवर सुरक्षा विज्ञ डा. रामहरी सुवेदीको पहलमा देशका विभिन्न स्थानहरुमा यस संस्था संग आवद्य प्रशिक्षकहरुबाट सञ्चालित कार्यक्रमबाट २० हजार भन्दा वढी व्यक्तिहरु लाभान्वित भइसकेका छन्  ।

22426425_1623946787680549_835978735491196856_o.jpg

कार्यक्रमका सहभागीहरु :

शान्ति अधिकारी, राम क्षेत्री, अनिल लामिछाने, रवि रन्जित, ज्योती सापकोटा, निर्मला सुवेदी, सुष्मा कमर, किरण तिवारी, पुजा के.सी, विवेक भट्टराई, अजित सुवेदी, सन्जिव कार्की, निलम क्षेत्री, शान्त स्व्भाव लामिछाने, गौतम बराल, सुमन वराल, विश्वराज पौडेल, अमृत कोइराला, संकल्प ढुङ्गाना, विकल्प ढुङ्गाना, प्रदिप चापागाँई, प्रवेश गौतम, केशव पौडेल, सुचित्रा चिन्दाल, कञ्चन घर्ती, विकास अधिकारी, अचुत अधिकारी, गौरव सुवेदी, मञ्जु ओझा, निर्मला गुरुङ, रविन पोखरेल, सुशान्त पौडेल, शोभाकान्त सिग्देल, अनिल जि.सी, आशिष कुवर, अनुप पौडेल, सुवास पौडेल, ठाकुर पौडेल, अस्मित कार्की, अमृता पौडेल, डिम्पल क्षेत्री, सृजना आचार्य, लक्ष्मी गुरुङ, कृष्टसिना भट्टराई, सविना के.सी, रोनिया गुरुङ, मनिष कार्की, सोरभ वाग्ले, रोसन पौडेल, सुर्दशन जंग क्षेत्री, उत्सव ढकाल, शिवजी पौडेल, नविन सुवेदी, विवस अधिकारी, रिस्तिका सापकोटा, सरोज कडेल, राजन बराल, सुदिप ठकुरी, सुप्रिम प्रसाई, प्रदिप पोखरेल, सन्तोष क्षेत्री, सुन्दर पौडेल,विष्णु आचार्य, सङ्गिता भाट, सुवोध कडेल, राजेश सुवेदी, सुशान्त पौडेल ।