NRN USA भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द सुवेदीको प्रयासमा जनज्योती माध्यमिक विद्यालय तनहुँ भिमादमा अध्ययनरत विद्यार्थीहरुलाई साइवर अपराध र सुरक्षा सम्बन्धि प्रयोगात्मक प्रशिक्षण प्रदान ।

बिष्णु प्रिया रिजाल, अक्टोबर १५, २०१७ भिमाद तनहुँ  - जन्मस्थान तनहुँ जिल्ला भिमाद नगर पालिका र हाल अमेरीकाको भर्जिनिया राज्यमा विगत लामो समयदेखी वसोवास गर्दै आउनु भएका एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द सुवेदीको प्रयास र प्रायोजनमा जनज्योती माध्यमिक विद्यालय भिमादका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइवर अपराध र सुरक्षा सम्बन्धि प्रयोगात्मक प्रशिक्षण असोज २७ गते सम्पन्न भएको छ । कार्यक्रममको पहिलोसत्रमा भर्जिनियाबाट कार्यक्रमलाई प्रायोजन गर्नु भएका सुवेदीको भिडियो सन्देश सहभागीहरुलाई देखाइएको थियो भने दोस्रो सत्रमा सामाजिक सञ्जाल का साथै इन्टरनेटको प्रयोगलाई कसरी सुरक्षित तरीकाबाट चलाउने भन्ने बारे कार्यक्रमका प्रशिक्षक गिरीजा सुवेदीले प्रशिक्षण दिएका थिए ।

final final final.jpg

जनज्योती क्याम्पस भिमादको सभाकक्षामा सम्पन्न उक्त कार्यक्रममा जनज्योती क्याम्पस भिमादका क्याम्पस प्रमुख केशव काफ्ले,सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाँइ, प्राध्यापक केशरबहादुर खड्का, जनज्योती मा.वि का प्रधानाध्यापक गणेश सुवेदी, क्याम्पसका लेखापाल कमला पौडेल, सहायक प्रशासक राजु परियार लागायतको सहभागीता रहेको थियो ।

बढ्दो साइवर अपरालाई केही हद सम्म न्युनिकरण गर्न र सुरक्षाको वारेमा जनचेतना जगाउने अभिप्रायले हाल अमेरीका निवासी साइवर सुरक्षा विज्ञ डा. रामहरी सुवेदीको पहलमा देशका विभिन्न स्थानहरुमा यस संस्था संग आवद्य प्रशिक्षकहरुबाट सञ्चालित कार्यक्रमबाट २० हजार भन्दा वढी व्यक्तिहरु लाभान्वित भइसकेका छन् ।

22467697_1623778334364061_2507694498942559319_o.jpg

कार्यक्रमका सहभागीहरु :

रेनुका आले, तलसी राना, रविना कुमाल, बिना नेपाली, शोभा राना, बसन्ती राना, डोल माया थापा,पबि थापा, मनिका थापा, इना आले, शारदा कुमाल, शोभा आले, इशा थापा,सरस्वती वि.क, टिका राना, सुस्मिता रोका, सपना राना, सपना परियार, गोमा थापा, सुप्रिया थापा, देउमाया थापा, रिता थापा, चिना नेपाली, सुकु नेपाली, सरस्वती गैह्रे, सुजता तिम्सेना, मिना वि.क, डिलमाया लम्साल, आशा सुनार, चित्रमाया आले, होम बहादुर घर्ति, अशोक राई, लक्ष्मण भण्डारी, खुम बहादुर वि.क, विपिन श्रेष्ठ, सुदिन थापा, अशोक ग्रह्रे, खिम बहादुर कुमाल, जितेन थापा, रचना गैह्रे, शारदा राना, तिलिसरा राना, बल बहादुर थापा, कुमार थापा, मनोज थापा, लाल बहादुर थापा, आम बहादुर कुमाल, रेशम थापा, भुवन परियार, युबराज माल, डम्बर परियार, मानोज वि.क, सुजन तिम्सेना, रवि खनाल, विक्रम नेपाली, प्रमोद परियार, विबेक बस्याल, तिल बहादुर थापा, अनिसरा नेपाली, अस्मिता मल्ल ठकुरी, अनिता गुरुङ, तिल माया राना, गंगा सुवेदी, रञ्जिता बस्याल, अनुसा आले, मधु परियार, लक्ष्मी ढकाल, सुष्मा थापा, विनिता दराई, सुष्मा वि.क, आरती परियार, सरु घर्ती, गंगा गैह्रे, रिता थापा, दिक्षा गैह्रे, बिन्दु नेपाली, मनमाया नेपाली, देउ माया थापा, अमृता वि.क, कुमारी थापा, सविता थापा, लक्ष्मी राना, सिर्जना थापा, सोमीसरा थापा, दुर्गा कुमाल, बोलीसरा थापा, नर्सरी गुरुङ, मोनिका थापा, सम्झना सुनार, मनु गुरुङ, रमना कुमाल ।