नेपालको साईबर अपराधको कानुन कस्तो छ त ?

सुचना सञ्चार प्रविधिमा भएको महत्वपुर्ण उपलब्धी भनेको विश्वमा विभिन्न स्थानमा इन्टरनेटको पहुच पुग्नु हो।  भौगोलिक दुरी जती टाढा भएता पनि इन्टरनेटको विकासका कारण विश्वको कुनै पनि स्थानको बारेमा आवश्यक सुचना आफ्नो कम्प्युटर वा कुनै पनी इन्टरनेट चल्ने माध्यममा प्राप्त गर्न सकिन्छ। सुचना प्रविधीको समुचित प्रयोगले देशको शिक्षा, स्वास्थ, संचार , प्रशासनिक, आर्थिक लगायत क्षेत्रको विकासमा ठुलो योगदान पुर्याउछ भने यसको दुरुपयोग भएको खण्डमा ठुलो हानी, नोक्सानी तथा दुर्घटनालाई निम्त्याउछ।


कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई  लक्ष्य बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नु लाई साईवर अपराध भनिन्छ। इन्टरनेटको विस्तार भएको वर्तमान परिप्रेक्ष्यमा क्रमश : बढ्दो अपराधका कारण नेपालमा समेत "विधुतिय कारोवार ऐन २०६३" को व्यवस्था भईसकेको छ।  साईवर अपराधको सबैभन्दा पहिलो घटना सन् १८२० मा दर्ता भएको थियो।  फ्रान्सका कपडा बनाउने कारखानाका मालिक जोसेफ मेरी जेक्वार्ड्ले कपडा बुन्ने स्वचालित कम्प्युटराईज मेशिन बनाए पश्चात त्यहाका कामदारहरुमा कम्प्युटरको कारणले तिनीहरुको रोजगारी गुम्ने हो की भन्ने भयले त्यस उधोगको संरचना ध्वस्त बनाउने कार्य गरेका थिए। जुन घटनालाई साईवर अपराधको पहिलो घटनालाई साईबर अपराधको पहिलो घटनाको रुपमा दर्ता गरिएको थियो।

कम्प्युटरलाई औजार (माध्यम)को रुपमा प्रयोग गरेर गरिने केही साईबर अपराधहरु

   Financial Crime :  धोखाधडी, क्रेडिट कार्ड जालसाजी अबैध रुपमा मुद्राको कारोवार आदि जस्ता कार्यहरु।  
    Cyber Pornography : समाजमा विकृति फैलाउने अश्लील तथा यौन जन्य सामाग्रीहरु कम्प्युटर वा   कुनै पनी माध्यमबाट इन्टरनेटमा प्रशारण, प्रकाशन, वितरण गर्ने क्रियाकलाप
    Sale of Illegal Artical : प्रतिबन्धित लागुपदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अंग, छालाहरु जस्ता सामाग्रीहरुको खरिद विक्री वा विज्ञापन इन्टरनेटको माध्यमबाट गर्नु।
    Intellectual Property Crimes : सफ्टवेरको अनाधिकृत रुपबाट प्रतिलिपी बनाउनु, अरुको ट्रेडमार्क चोरी गर्नु आदि
    Cyber Stalking : इन्टरनेटमा आर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्कीपूर्ण सुचना पठाउनु वा अनाधिकृत तवरबाट अर्काको Chat Room मा गएर हैरान गर्नु।
    CyberDefamation : अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्श्यले वेभसाईट, सामाजिक संजाल तथा  इमेलको माध्यम द्वारा दुस्प्रचार गर्नु।  
आर्काको कम्प्युटरलाई लक्ष्य बनाई गरिने केही साईबर अपराधहरु
    Email Bombing :   अरुको इमेल ठेगानामा ठुलो संख्यामा इमेलहरु पठाएर पीडितको इमेलखाता वा मेल सर्भरमा नै अवरोध खडा गर्ने।
    Salami Attacks:   यस्तो अपराध अन्तर्गत कसैले कुनै एउटा बैंकको सम्पुर्ण सुचना रहेको मुख्य कम्प्युटर (server) भित्र कम्प्युटर नेटवर्कको माध्यम

द्वारा अनाधिकृत रुपमा प्रवेश गरेर बैंकको खाताहरुबाट थो-थोरै रकम आफ्नो खातामा जम्मा गर्ने कृयाकलापहरु
    Virus/Worm Attacks : दुराशय भावनाले प्रेरित भैइ आरुको कम्प्युटरमा इमेल मार्फत भाइरस पठाउने कर्यहरु।
    Internet Time Theft : आर्काको इन्टरनेटको Username र Password पत्ता लगाई अनाधिकृत रुपबाट प्रयोग गर्ने जस्ता कृयाकलापहरु ।

विधुतिय कारोवार एन अन्तर्गतका अपराधहरु
नेपालम"विधुतीय कारोवार एन २०६३"
(Eoectronic Transaction Act 2008)
परिच्छेद-९ ले कम्प्युटर सम्बन्धी कसुर एव दण्ड सजायको सम्बन्धमा निम्न अनुसार व्यवस्था गरेको छ।
    दफा ४४ : कम्प्युटर श्रोत संकेतको चोरी,नष्ट वा परिवर्तन गर्ने: ३ वर्षसम्म कैद वा रु २,००,०००/- सम्म
    जरिवाना वा दुबै सजाय ।
    दफा ४५ : कम्प्युटर सामग्रीमा अनाधिकृत पहुच: रु २,००,०००/- सम्म जरिवाना वा ३ वर्ष कैद वा दुबै सजाय ।
    दफा ४६: कम्प्युटर सुचना प्रणालीमा क्षति पुर्याउने : रु २,००,०००/- सम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुबै सजाय।
    दफा ४७: विधुतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने: (१) रु १,००,०००/- सम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय। (२)उपदफा(१) बमोजिमको कसुर पटक-पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय ।
    दफा ४८: गोपनियता भङ्ग गर्ने : रु १,००,०००/- सम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय ।
    दफा ४९ : झुठो ब्यहोराको सुचना दिने : रु१,००,०००/- सम्म जरिवाना वा २वर्षसम्म कैद वा दुबै सजाय ।
    दफा ५० : झुठो इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने : (१) रु १,००,०००/- सम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुबै सजाय। (२) उपदफा(१) बमोजिमको कार्य गरि नसकेको अवस्थामा र्य १,००,०००/- सम्म जरिवाना। (३) जानी जानी कार्य गरेमा रु १,००,०००/- सम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुबै सजाय ।
    दफा ५१:  तोकिएको विवरण वा कागजात दाखिला नगर्ने : रु ५०,०००/- सम्म जरिवाना ।
    दफा ५२: कम्प्युटर जालसाजी :रु १,००,०००/- सम्म जरिवाना वा २ वर्ष सम्म कैद वा दुबै सजाय ।
    दफा ५३:  कम्प्युटर सम्बन्धी कसुर गर्न दुरुत्साहन : रु ५०,०००/- सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय ।
    दफा : ५४ : मतियारलाई मुख्य कसुरदार लाई भएको सजायको आधा सजाय।  
    दफा ५५ : नेपाल अधिराज्य बाहिर गरेको कसुर हुने सजाय : एन बमोजिम मुद्दा चलाई सजाय गर्न सकिने।  
    दफा ५६ : जफत गर्ने : प्रयोग गरिएको कम्प्युटर, कम्प्युटर प्रणाली, फ्लपी, कम्प्याक्ट डिस्क, वा अन्य सहायक उपकरणहरु जफत गरिने।
    दफा ५७ : संगठित सस्थाले गरेको कसुर : (१) जिम्मेवार व्यक्तिले सो कसुर गरेको मानिने।  (२) उपदफा (१)मा जुनसुकै कुरा लेखिएपनि

संचालक,व्यवस्थापन,सचिव वा अन्य जिम्मेवार व्यक्तिको सहमतिमा, जानकारी वा लापरवाही कारणबाट भएको प्रमाणित भएमा संगठित सस्था र संगठित सस्थाको संचालक, व्यवस्थापक, सचिव वा अन्य जिम्मेवार व्यक्तिले गरेको मानिने।


    दफा ५८ :  अन्य सजाय : रु ५०,०००/- सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय ।
    दफा ५९ : प्रचलित कानुन बमोजिम सजाय गर्ने बाधा नपुग्ने : यस एन अन्तर्गत कसुर ठहरिने काम अन्य वाधा नपुग्ने : यस ऎन अन्तर्गत कसुर ठहरिने

रहेछ भने त्यस्तो कसुर उपर छुट्टै कारवाही चलाई सजाय गर्न यस ऎनले बाधा पुर्याएको मानिने छैन।
नेपालमा हालसम्म देखिएका साईबर अपराधका प्रकृतिहरु


    "बिधुतिय कारोबार ऎन २०६३" ले प्रकाशन गर्न नहुने भनिएका सामाग्रीहरुको प्रकाशन।
    ईमेल मार्फत जथाभाबी धम्की दिने तथा नगद माग गर्ने।
    सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बीर प्रयोग गरेर, प्रोफ़ाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुख दिने।
    बिभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने।
    मोबाईल मार्फत धम्कीपुर्णे एस.एम.एस पठाउने तथा एस.एम.एस मार्फत जुवा, लट्री संचालन गर्ने।
    सरकारी तथा अन्य सस्थाहरुको Website Hackingगर्ने।

श्रोत - केन्द्रीय अनुसन्धान ब्युरो (CIB), नेपाल