घाइते भएकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा

काठमाडौं, चैत २१ – नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोमा परि घाइते भएकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थल चितवनको कविलास पुगेको छ ।  

बिहान पहिरो खस्दा घाइते भएकाहरुको शिघ्र उपचार गर्न गर्न गृहमन्त्री विमलेन्द्र निधीले निर्देशन दिएपछि हेलिकप्टर चितवन पठाइएको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका र तनँहुबाट सडक पन्छाउने डोजरहरु पनि आइसकेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो