स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्र युवाको शव फेला

qq.jpg

काठमाडौं: बिहिबार बिहान स्वयम्भू मन्दिर नजिक पार्किङमा राखेको कारभित्र युवाको शव फेला परेको छ । पार्किङमा रहेको कारभित्रबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै महानगरीय प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरी टोलीले कारभित्र एउटा शव फेला पार्यो ।

प्रहरीले मन्दिर पश्चिम भागमा रहेको पार्किङ स्थलमा रोकिराखेको बा ८ च ७०२१ नम्बरको निजी कारमा युवाको शव फेला पारेको हो। प्रहरीका अनुसार शव काठमाडौँ, नैकापका ३२ वर्षीय श्याम श्रेष्ठको हो । हत्या गरेर श्रेष्ठको शव कारको पछिल्लो भागमा राखेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

                                                 Sources: Dcnepal