अपरिचित व्यक्तिबाट यसरी चोरियो आमाकै काखबाट ७ महिनाकी छोरी

shisu-chori-mahottari_20180827065500.jpg

बर्दिबास : महोत्तरीको औरही नगरपालिका-१ औरहीबाट एक शिशुलाई अपरिचित व्यक्तिले चोरेर लगेका छन् ।औरही बजारको एक फेन्सी पसलबाट स्थानीय सन्तोष चौधरीकी ७ महिने छोरी सोनालीलाई लिएर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले जानकारी दिएका छन् ।

 आइतबार साँझ साँढे ६ बजेतिर सन्तोषकी श्रीमतीले आफ्नै फेन्सी पसलमा छोरीलाई साथै राखेर व्यापार गरिरहेकी थिइन । पसलमा आएका ग्राहकलाई समान बिक्री गर्दैगर्दा छोरी चोरिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

बच्चा लिएर चोरी गर्नै पुरुष रहेको पसलमा जडान भएको सीसीटीभी क्यामराको फुटेजमा देखिन्छ ।  चोरीएको बच्चाको खोजी कार्य तीब्र पारिएको छ । बच्चा चोरी गर्ने व्यक्तिको पहिचान भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि गौशाला, सितापुर भंगहा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली खटाएर बच्चा र बच्चा चोरी गर्ने व्यक्तिको खोजी भइरहेको छ । 

चार बर्षको छोरापछि छोरी जन्मिएपछि सन्तोषको परिवार निकै खुसी थियो । छोरी चोरी भएपछि परिवारमा रुवाबासी चलिरहेको छ । आइतबारदेखि उनीहरुको घरमा चुल्हो बलेको छैन् । 
 ‘काखमा बच्चा च्यापेर पसलबाट लिएर गएको सीसीटीभी क्यामरामा देखिएको छ,’ महोत्तरीका एसपी ईश्वर कार्कीले भने,‘महोत्तरी, धनुषा, सर्लाही सबै प्रहरी युनिटबाट बच्चाको खोजी कार्य जारी छ ।

                                    Sources: Annapurna Post