१३ वर्षाीया बालिका बलात्कार गरे शिक्षकले,यस्तो शिक्षकलाई के भन्नु हुन्छ ?

धादिङ, २५ असार । धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ ।

छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ वर्ष मुनिका रहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनका हुन् ।

अपाङगता भएकी १४ वर्षीया बालिका र अर्की १३ वर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो ।

१४ वर्षकी अपाङ्ग बालिकालाई ७० वर्षका पुरुषले र १३ वर्षीकी बालिकालाई ४० वर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।