जीप दुर्घटना हुँदा ७ जना घाइते

 बैतडीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । घाइते हुनेहरुमा बैतडी पञ्चेश्वर ५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द , १५ वर्षीय कमलेश महतर, पञ्चेश्वर ६ का ८३ वर्षीय श्रीकृष्ण भण्डारी, १६ वर्षीय नरेश भट्ट, मेलौली ५ का ६५ वर्षीय भागरथी चन्द , ३५ वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

घाइते सबैको उपचार जिल्ला अस्पताल बैतडीका भईरहेको छ । देहिमाण्डौवाट गिरेगाडाका लागी हिडेको से १ ज ५६७ नम्वरको जीप मंगलबार राति ९ बजे दशरथचन्द नगरपालिका ९ पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची बाटो भएको र पानी परेकाले चिप्लो भएकाले चिप्लिएर जीप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।