काठमाडौंमा परेको मुसलधारे पानी, बाटो छुट्याउनै गाह्रो

काठमाडौं, असार ३० – काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भएको छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा दिउँसो मुसलधारेवर्षा भएको हो । उत्तरी क्षेत्रमा पानी परे पनि अन्य ठाउँमा भने पानी परेको छैन ।

ठूलो पानी परेसँगै बाटो होकी खोलो छुट्यानै गाह्रो  भएको थियो ।  बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा काठमाडौं टोखा नगरपालिकाको ग्रिनल्याण्डमा एउटा स्कुटर खाल्डोमा छिरेको थियो ।

प्रहरीको सहयोगले स्कटुर खाल्डोबाट निकालिएको छ । त्यस्तै स्कूले विद्यार्थीहरु पनि पानीमा भिज्दै गन्तव्यतर्फ गएका थिए ।