अर्धवैंसे महिलाको शव हत्या गरी फालिएको हो होइन ?

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ असार २६ । बडीगाड गाउपालिका- २ खारापानी खर्वाङ बजार नजिकै बडीगाड खोलामा आज विहान देखिएको बेवारिसे महिलाको शव बाहिर निकालिएको छ । विहान स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको टोली र खर्वाङ प्रहरीको संयुक्त प्रयासमा केहि समय अघि अपरिचित महिलाको शव खोलाबाट बाहिर निकालीएको हो ।

महिलाको शवको पहिचान हुन सकेको छैन । बडीगाड खोलाले माथीबाट बगाउदै ल्याएको अर्धवैंसे महिलाको शव हत्या गरी फालिएको हुन सक्ने आशंका गरिएको छ । मृतक महिलाको निधारमा चोट लागेको देखिन्छ ।