बाबुले आफ्नी नौ वर्षकी छोरीको बलि दिए

भारतको उत्तर प्रदेशको कानपुरमा एक बाबुले आफ्नी नौ वर्षकी छोरीको बलि दिएका छन । उनकी पत्नीले कुनै साथीले घरको सुख–शान्तिको लागि यस्तो गर्न सुझाएपछि आफ्नै छोरीको बलि दिएको बताएकी छिन । उनका अनुसार साथीको सल्लाह बमोजिम नै उनका पतिले हथौडा र ह्याण्डपम्पले पिटेर छोरी मारेका हुन ।

पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ।  सिकन्दरा क्षेत्रको जमौर गाउँमा बस्ने गिरजेश (३८) को परिवारमा पत्नी सुनीताको अलावा दुई छोरा अमित (१५) अमन (१३) र एक छोरी खुशी (९) थिए । कृषक गिरजेश कमाई भएकै कारण दुई वर्षदेखि दुःखी थिए। सुनीताका अनुसार शनिवार साँझ जब गिरजेश घर आएपछि उनले घरमा कपुर भए नभएको सोधे । घरमा पूजाको सामान नभएपछि बाहि र गएर उनले सामान लिएर आए । जव खाना खाने समय भयो उनले उपवास भएकाले पूजापाठ सकेर खाने बताए ।

राती कृष्णजन्‍माष्‍टमीको विषयमा पति पत्निको झगडा भयो । त्यसपछि उनी बच्चाहरु लिएर बाहिर सुत्न निस्किए । उनी बाहिर निस्केको केहिबेर पछि रगताम्य छोरीको लाश देखिन् छोरीको लाससँगै अगरबत्ती र फूल समेत भेटियो । प्रहरीले तन्त्रमन्त्रको चक्करमा हत्या गरिएको भनेपनि यसको जाँच भईरहेको जनाएको छ ।