तिर्खाका कारण ४४ जनाको मृत्‍यु, पाँच महिला मात्रै बाच्न सफल

साहारा मरुभूमीमा पानी खान नपाएर ४४ जनाको मृत्‍यु भएको छ। गाडीमा यात्रा गर्न गएकाहरुको मृत्यु भएको हो । रेडक्रसका लावल ताहेर बीबीलाई जानकारी दिएका छन ।, 'गाडी साहारा मरुभूमीमा दौडिरहेको बेला अचानक बिग्रियो र ४४ जना तिर्खाका कारण  मृत्‍यु भयो ।

त्‍यसमध्‍ये पाँच जनाले नजिकैको गाउँमा पुगेर आफ्नो ज्‍यान जोगाएका थिए। बाँच्‍नेमा सबै महिलाहरु छन ।' बीबीसीका अनुसार ज्‍यान गुमाउनेमा बालबालिका पनि छन् । यस्तै नाइजेरियका अनलाइन साहेलीनका अनुसार ती मानिसहरु घाना र नाइजेरियाबाट लिबिया जाँदै थिए। यस्तै ताहेरका अनुसार अहिलेसम्‍म शवको पहिचान गर्न सकिएको छैन ।