आफ्नै आमा बाबुले छोरीको चिता खनेर जिउँदो छोरीलाई चितामा सुताए

एजेन्सी ।एउटा यस्तो घटना अहिले सामाजिक संजालमा भाइरल बनेको छ जुन घट्ना सुन्दैमा चकित पर्न सकिन्छ ।  जति तपाई चकित पर्नु हुन्छ त्यो भन्दा पनि अर्को पाटो त तपाई आफ्नो मन थाम्न सक्नु हुदैन जुन घट्नाको बारेमा सबै थाहा पाइसके पछि ।  संसारमा यस्ता अभागी बाबु आमा पनि हुने रहेछन जस्ले भोग्नु पर्छ नसोचेको पिडा । तपाई कल्पना पनि गर्न सक्नु हुदैन आफ्नै आमा बाबुले आफ्नै जिउदै छोराछोरीको चिता पहिले नै तयार पारि राखेको होस् । तर अब त्यो पनि रहेन कल्पना गर्ने मात्र होइन सत्य सावित नै गरिदियो संसारमा आफ्नै आमा बुवाले आफ्नै जिउदो छोरीको लागि खाल्डो खनेर राखी आफ्नै छोरीलाई त्यहि सुताएको ।

हो अहिले चीनका एक पिताले आफ्नो जीवित २ बर्षीय छोरीको लागि अहिले नै चिहान खनेका छन् । सिचुवान राज्यको झिंगलेइ गाउँका यी झाङ लियोङ भन्ने ब्यक्ती आफ्नी छोरीको मृत्युको प्रतिक्षा गरिरहेका छन् । उनकी छोरी अहिले उनकै लागि आफ्नै पिताद्धारा खनिएको चिहानमा खेल्छन् । किन यि मानिसले यसो गरे होलान् भन्ने जिज्ञासामा झाङ भन्छन् – मलाई यसो गर्दा आफ्नो र आफ्नी छोरीको दुःख कम भएको जस्तो महसुस हुन्छ ।

आर्थिक अबस्था त्यति राम्रो नभएका किसानी झांग लियांगले आफ्नी छोरी जिनलेइको उपचारका लागि १००,००० युआन भन्दा बढी खर्च गरी सकेका छन् । ब्लड डिसअर्डरबाट पीडित जिनलेइ जन्मेको दुई महिनापछि उनको जाँच गराउँदा उनलाई यस्तो रोग लागेको परिवारले थाहा पाएको थियो । त्यसपछि जिनलेइको निरन्तर उपचार भइरहेको छ । उनलाई हप्तामा दुई पटक रगत दिनुपर्ने हुन्छ । जसका कारण लियांक चुर्लुम्म ऋणमा डुबिसकेका छन् । उनलाई अहिले आफन्त लगायतका अन्य मानिसहरुले ऋण दिनै छाडेसकेका छन् । अन्तत छोरीको उपचार गर्दागर्दै आजित भएका झाङ छोरीको मृत्यु पूर्व नै चिहान खन्ने निर्णयमा पुग्न बाध्य भएका छन् । जिनलेइको उपचार गराइरहेका चिकित्सकहरु भन्छन् –‘उनी अब मुस्किलले एक वर्ष मात्र बाँच्छिन् ’ ।