हल्लै हल्लामा मिनाको उम्मेद्दवारी तय, प्रचारमा ६ लाख खर्च, तर टिकट भने अर्कैको हातमा

बैतडी, असार ११ – स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै बैतडीको पुर्चौडी नगरपालिकाको उपमेयर पदका लागि मिना धानुकको नाम निकै चर्चामा थियो । पुर्चौडी नगरपालिकाको उपमेयरका लागि आफ्नो उम्मेदवारी तय भएको भन्दै मिना प्रचार प्रसारमा संलग्न हुनुभयो र गाउँघरमा भोट माग्नमा ब्यस्त हुनुभयो  ।

नेपाली कांग्रेसले उमेदवारको टुगों लगाउन पार्टिको केन्द्रीय समितिमा मिना धानुकसँगै उत्तरा नेपाल सार्कीको पनि नाम केन्द्रमा पठायो ।  नाम केन्द्रमा पुगेकोमा सन्तुष्टी मानेर आफ्नो प्रचार प्रसारको अभियानलाई तीव्र बताउनुभएकी मिनाको सपना तब टुट्यो, जब कांग्रेस केन्द्रीय समितिको अन्तिम निर्णयमा मिना धानुकको ठाउँमा उत्तरा नेपाल सार्कीको नाम आयो । जेठ २७ गते नेपाली कांग्रेसबाट पुर्चौडी नगरपालिकामा आफूले टिकट नपाएपछि उहाँलाई निकै दुःख लागेको छ । मेरो लामो समयको सघंर्ष पार्टीले कुरा बुझि दिएन धोका दियो । अहिले कसैको प्रचार गर्न मन छैन् ।’  मिना धानुकले प्रचार प्रसारमा खर्च गर्नका लागि आफ्नो कञ्चनपुरमा रहेको जग्गा बेचेको बताउनुभयो । चुनाव प्रचारका लागि आफूले झण्डै ६ लाख रुपैयाँ खर्च गरेको उल्लेख गर्नुभयो ।  उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेस बैतडीले भने मेयरका उम्मेदवार दिपक बम र मिना धानुकको घर एकै वडामा परेका कारण फरक फरक वडाको व्यक्तिलाई उम्मेदवार बनाएको बताएको छ ।