स्क्रब टाइफस रोग देखि चितवन र नवलपरासीमा गरी चार जनामा

चितवन र नवलपरासीमा गरी चार जनामा स्क्रब टाइफस रोग देखिएको छ । गएको पुषदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुवाती दुई महिनाको अन्तरालमा चार जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ र  संक्रमित हुनेमा चारैजना महिला छन् ।

 तीन जना चितवन र एक जना नवलपरासीका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरिक्षक रामकुमार केसीले बताउनुभयो । गएको वर्ष वैशाखदेखि पुस महिनासम्म कुल ५ सय ३३ जनामा टाइफस देखिएको थियो, जसमध्ये पाँच जनाको मृत्यु भएको थियो । चितवनमा पुन: रोग देखिन थालेकाले ७५ वटै जिल्लामा परिपत्र गरेर आवश्यक तयारीका साथ रहन निर्देशन दिइएको इपिडिमियोलोडी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताउनुभयो । विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारको काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।