गाली गर्नकै निम्ती बुबा आमालाई छोराको फोन

छोरालाई विदेश पठाएर हामीले के पायौं? घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरा मलेसिया गएपछि हामीले पाएको भनेको घर चलाउने जिम्मेवारी र चिन्ता मात्रै हो । विदेश गएको छोराले कमाउँछ भन्ने आशा थियो तर फोन नै गर्न छोड्यो । छोरा विदेशिएको जति समय बढ्दै गयो उति नै उसको मन कठोर हुँदै गयो । अभिभावक भएकोले हामीले आफ्नो जिम्मेवारी दुःख गरेर भए पनि पूरा गरिरहेका छौं ।

गर्भवती छोडेर गएको हो छोरा, हामीले बुहारीको रेखदेख र स्याहार गर्यौँ । अहिले त नाति पनि ५ वर्षको भइसक्यो । नत बाबुले छोराको मुख देख्न पाएको छ न यो नातिले नै आफ्नो बुवाको । तर हामीले कसले समाचार निकाल्यो थाहा छैन तर तेरो फोन आउन समाचार नै निकाल्नुपर्ने रैछ हैन भनेर भन्यौं । त्यसपछि भने उसले अरु केही भनेन अब चाहिँ अहिले मैले गरेको नम्बरमा फोन गर्नु भनेको छ ।

हाम्रो कस्तो बिडम्बना छोराले फोन गर्दा पनि खुशी हुनु परेको छ । जे भए पनि तपाईले लेखिदिएको खबरले काम गर्यो । उसले फोन गर्यो । तर फोनमा सन्चो बिसन्चो केही सोधेन । उसले म यहाँ बस्न आएको होइन अनि किन समाचार निकाल्नुपर्यो भनेर गाली गर्यो ।

उसले फोन गरेको कुरा हाीले बुहारीलाई पनि सुनायौं । बुहारीले त खुशीको आँसु नै खसालिन् । अब त तनाव कम भयो । राजा घरमा आएर आफ्नो परिवार समालेर बसोस । हामीलाई उसले कमाएको पैसा पनि चाहिँदैन । उसको परिवारको भार पनि उसैले उठाओस् । हामी बुढो भयौं । घरव्यवहार सम्हाल्ने हिम्मत पनि छैन ।