टिपरको ठक्कर बाट पैदलयात्रीको मृत्यु

 आइतबार काठमाडौं महानगरपालिका–१४ कलंकीमा टिपरले पैदलयात्रीलाई ठक्कर  दिंदा मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ घर भई कलंकी डेरा गरी बस्ने ४३ वर्षीय विजय रिजालको ज्यान गएको छ । पैदलयात्रीलाई बा.४ ख ४९१५ नम्बरको टिपरले किचेर ज्यान लिएको हो।


टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुको शरीर टिपरले किचेर क्षतबिक्षत अवस्थामा  विजयलाई  उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी लगिएको थियो । उहाँको उपचारको क्रममा ज्यान गएको हो ।