अफगानिस्तान आक्रमणमा पाँच नेपाली सहित तीन सय भन्दा बढी घाइते

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा भएको आक्रमणमा पाँच नेपाली घाइते भएको पुष्टी गरेको छ । इश्लामावादस्थित नेपाली राजदूतावासले पाँच नेपाली घाइते भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाँच नेपालीसहित तीन सय भन्दा बढी घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि नेपाल सरकारले गरेको छ । सो घटनामा ८० भन्दा बढीको ज्यान गएको छ । नेपाल सरकारले अफगानिस्तान सरकार र जनता प्रति हार्दिक समवेदना र सहानुभुति प्रकट गरेको छ ।

दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करका अनुसार कावुलमा रहेको विदेशी दूतावासमा कार्यरत नेपाली कर्मचारीहरुको विवरण संकलन गर्ने कार्य समेत भइरहेको छ । उनका अनुसार अफगानिस्तानको स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयसँग समेत घाइतेहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।