नेपाली विद्यार्थीहरू अध्ययन गर्ने अमेरिकी कलेजमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिकामा टेक्ससको ड्यालसस्थित करिब ११ हजार विद्यार्थी पढ्ने नर्थलेक कलेजमा बुधबार गोली चलेको छ । गोली प्रहारको क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। प्रहरीको व्यापक खोजी पछि गोली हान्ने युवक र अर्का एक जना मृत अवस्थामा फेला परेका छन् ।

गोली प्रहार गर्ने युवकले अरूमाथि आक्रमण पश्चात आफूले आत्महत्या गरेको अनुमान गरिएको छ । कलेजमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी यादव बरालका अनुसार अर्बिंगमा रहेको सो कलेजमा करिब सत्तरी प्रतिशत नेपाली विद्यार्थीहरू अध्ययन गर्छन् । प्रत्यक्षदर्शी बरालका अनुसार सबै नेपाली विद्यार्थीहरू सकुसल छन् ।

कलेजको ट्रान्सफर विद्यार्थी रहेका बराल बुधबार ईतिहास विषयको परीक्षा दिन गएको बेला प्रशासन विल्डिङ ए तर्फ जाँदै गर्दा करिब मध्याह्नतिरको समयमा ३ पटक गन सुट आवाज सुनिएको थियो,’ प्रशासनको स्टोर भित्र करिब डेड घण्टा बसेर ज्यान जोगाईएको बरालले भने,‘यस कलेजमा धेरै नेपाली विद्यार्थीहरू थियौ । तर कसैलाई केही भएको छैन ।’ हरेक सेमेस्टरमा अन्य स्टेटबाट ट्रान्सफर भएर ठूलो संख्यामा नेपाली विद्यार्थीहरू यो कलेजमा आउने गर्छन् ।