खाल्डो खन्नेक्रममा ६ थान बम फेला

उदयपुरगढी गाउँपालिका–२, सिरुवानीको  उदयपुरको पश्चिमी क्षेत्रमा  गाईवस्तुको लागि गोठ बनाउन खनिएको खाल्डोमा भेटिएको ६ थान सकेट बम फेला परेको शक्तिशाली सकेट वम नेपाली सेनाले डिस्पोज गरेको छ । भवानी दल ताराघारी गुल्मले मंगलबार साँझ डिस्पोज गरेको हो ।

सोमबार स्थानीय गणेश गिरीले गाईबस्तुको लागि गोठ निर्माण गर्न खाल्डो खन्नेक्रममा ६ थान बम फेला परेको थियो । बम शक्तिशाली जस्तो देखिएपछि स्थानीय त्रसित भएर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयका कटारीका डिएसपी चिरन्जिवी कोईलाले सशस्त्र द्वन्दको क्रममा लुकाईराखेको हुन सक्ने आंशका गर्नुभयो ।

ताराघारी गुल्मका प्रमुख क्याप्टेन भरत गिरीको नेतृत्वमा सिरहाबाट आएको सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । ‘बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे,’ प्रजिअ पराजुलीले भन्नुभयो, ‘प्रहरी टोलीले शक्तिशाली बम नै भएको जानकारी दिएपछि सेनाको डिस्पोज टोली पठाएर निस्क्रिय पारिएको हो ।’