ग्रामिण भेगका कयौं महिला यस्तो समस्यामा

जाजरकोट भेरी नगरपालिका-१ की उमेरले ३० बर्षकी पानमती राना मगर अगाडि सानो बच्चा बोकेर पिठ्यूमा घाँसको भारी बोकेर यसरी दुखेसो पोख्नुहुन्छ 'घरमा हेर्ने कोही छैनन् काम नगरी भएन, बच्चा बोकेर नआए के गर्नु त ? उहाँका पति रोजगारीका शिलशिलामा भारतमा हुनुहुन्छ ।

उहाँका अरु दुई छोराछोरी रहेको र उनीहरु स्कूल गएको उहाँले जानकारी दिनुभयो । ग्रामिण भेगका कयौं महिला यस्तो समस्या झेल्न बाध्य छन् । गरीबका लागि महिलाका लागि भनेर कयौं कयौं विचार, गोष्ठी सभा, सम्मेलन गरिन्छ । करोडौं रकम खर्च गरिन्छ, थुप्रै बजेट विनियोजन गरिन्छ । ती कुनैले पनि पानमती जस्ता महिलाको व्यथालाई छुन सकेको छैन् ।