महाराष्ट्रका मुख्यमन्त्री चढेको हेलिकोप्टर दुर्घटना

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडानावीससहित पाँच जना सवार एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ । बिहीबार दिउँसो महाराष्ट्रकै लतपुरमा सो दुर्घटना भएको हो । उडिरहेको हेलिकोप्टर प्राविधिक सन्तुलन गुमाएर भुइँमा खसेको थियो । दुर्घटनाको विस्तृत कारण भने खुलेको छैन ।

हेलिकोप्टरमा सावर सबै पाँच जना सकुसल छन । मुख्यमन्त्री देवेन्द्रले दुर्घटनापछि ट्विट गर्दै अाफूहरु खतरामुक्त रहेको जानकारी दिएका छन ।