विष्फोटमा परि १९ जनाको मृत्यु , ५० भन्दा बढी घाईते

बेलायतको म्यानचेष्टर शहरको एरिनामा शक्तिशाली विष्फोट भएको छ । गायिका आरियाना ग्रान्डेको सांगितिक कन्सर्ट सकिएको केही क्षणमा विष्फोट भएको हो । सोमबार राती करीब १०:३० बजे (नेपाली समय अनुसार बिहान ४ : १५ बजे) अमेरिकी गायिका आरियाना ग्रान्डेको उक्त कार्याक्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार विष्फोटम परि १९ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाईते भएका छन् ।

विष्फोटपछि घटनास्थल नजिकको म्यानचेष्टर विक्टोरिया स्टेशनमा आवागमन रोकिएको छ । दुई विष्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएपनि सोको पुष्टि हुन सकेको छैन ।  यसैबीच बेलायती प्रधानमन्त्री टेरेजा मेले विष्फोटको भत्र्सना गर्दै छानवीन थालिएको बताउनु भएको छ । बम आक्रमणपछि म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ। वेलायती प्रधानमन्त्री टरिजा मेले यो डरलाग्दो आतंकवादी आक्रमण हुनसक्ने धारणा व्यक्त गर्दै अनुसन्धान जारी रहेको बताएका छन् ।

म्यान्चेस्टर विष्फोटलाई लिएर प्रधानमन्त्री मे उच्चपदस्थ अधिकारीको बैठकमा सहभागि हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो विष्फोटलाई आतंकवादी हमलाका रुपमा अनुसन्धान शुरु गरिएको अधिकारीहरुले बताएका छन् ।