नरेन्द्र मोदीको हत्यारालाई ५० करोड रुपैयाँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याका लागि विदेशबाट एक भारतीय युवकलाई ५० करोड रुपैयाँको प्रस्ताव आएको रहस्य खुलेको छ । खबर अनुसार २५ मेका दिन मुम्बईमा आयोजना हुने एक कार्यक्रममा मोदी सहभागी हुने र सोही समय उनको हत्याका लागि ५० करोड रुपैयाँ इनाम दिने प्रस्ताव आएको छ ।

 भारतीय मिडियाका अनुसार भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका लागि प्रस्ताव आएको बताइएको छ । गुजराती भाषाको लयमा ती व्यक्तिले कुरा गरेका हुनाले उक्त व्यक्ति भारतीय नै हुन सक्ने बताइएको छ । यस्तो खबर आएपछि भारतिय प्रहरीले साइबर सेललाई यस विषयमा थप छानविनका लागि परिचालन गरिसकेको बताइएको छ ।

को हो कुशल ससोनी त्यसबारेमा केही नखुलाए पनि सोनीले उक्त प्रस्तावलाई ठट्टाका रुपमा लिएको भए पनि पछि विषय गम्भीर लागेर प्रहरीलाई खबर गरेको बताइएको छ ।